नेकपामा 'बामदेव प्रकरण’ ले ल्याएको शक्तिशाली भुँइचालोः के प्रधानमन्त्री ओलीले थेग्न सक्लान् 'पराकम्पन’?

हाल नेपाल कम्युनिष्ट पार्टीभित्र उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने कि नगर्ने विषयले पार्टीमा नया तरङ्ग पैदा गरेको छ । नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्ने रणनीति बनाएपछि बिबादले उग्र रुप लिएको छ ।

 

नेकपाभित्र विकसित  उक्त घटनाक्रमले ओली सरकारमा भूकम्पको परकम्पन नै गएको छ । कहिले एमसीसी विवाद त कहिले  ’बाँस्कोटा काण्ड’, केक काण्ड यस्ता काण्डहरुको महायज्ञ लागिरहेको ओली सरकारमा फेरि पार्टी भित्र बामदेव प्रकरणको ७ रेक्टर स्केलको भूकम्पको परकम्पन गएको छ । पार्टी एकताको पूर्ण रुपमा ब्यवस्थापन हुन नपाउदै  उब्जिएको बामदेव प्रकरणमा के प्रधानमन्त्री ओलीले उक्त परकम्पन थेग्न सक्लान ? के उनले पार्टीलाई एकता बढ्द बनेर अगाडी लैजान सक्लान ? यसै बिषयमा यहा छोटो विशलेषण गरिएको छ ।

 

यो आलेखको सुरुवात सेक्सपियरको विश्वविख्यात नाटक ओथेलोको पात्र चरित्र संगै तुलना गर्दै सुरु हुन्छ ।

 

विश्वविख्यात अंग्रेजी नाटककार शेक्सपियरले १६०३ तिर एउटा नाटक ’ओथेलो’ लेखेका छन् ।  उक्त नाटक  अहिलेको इटालीको भेनिस सहरको सेरोफेरोमा लेखिएको नाटक हो ।  उक्त नाटकमा  नाटकको मुख्य पात्र ’ओथेलो’ भेनिस सहरको सैनिक  जनरल प्रमुखको रुपमा कार्यरत हुन्छ ।  उसका २ जना सैनिक साथीहरु हुन्छन् (लागो’ र ’क्यासियो । ’लागो’ वरियता क्रममा ’क्यासियो’ भन्दा सिनियर सैनिक अफिसर हुन्छ ।  यी दुई सैनिक अफिसरमा ’लागो’  बाहिरी रुपमा ओथेलो संग मिलेजस्तो देखिएपनि उभित्र भित्रै इष्र्यालु हुन्छ । तर, क्यासियो भने ओथेलोप्रति बफादार र  ओथेलोको प्रिय सैनिक जनरल हुन्छ । त्यसकारण, ओथेलोले बरियता क्रममा लागो  सिनियर भएपनि उसको  सट्टा क्यासियोलाइ उसको  प्रमुख सैनिक  अफिसर बनाउँछ ।  त्यसपछि सुरु हुन्छ लागोको सकुनी रुप । र अन्त्यमा ओथेलो र  डेसडेमोनाको प्रेममा  लागोले संखाको ’पहाड’ तेर्साएर  डडेलो  लगाउँछ र उनीहरुको  बियोगान्तरुपमा अन्त्य हुन्छ । 

 

सेक्सपियरको कथा जस्तै लाग्ने नेपालको राजनीतिको नियती पनि विचित्रको छ । चुनाब अघि फिल्मी शैली जस्तो लाग्ने एकता तथा गठबन्धनको समाचारले सबैलाई आश्चर्य चकित बनाएको थियो । त्यसपछि चुनावमा होमिएको उक्त गठबन्धन मुलुकको सबभन्दा ठुलो पार्टी बनेर समेत उदायो । यसपटक नेपाली जनताले मुलुकको बिकासको लागि बाधक ’राजनीतिक अस्थिरता’ हटाउनको लागि एकपटक नेपाली कम्युनिस्ट हरुको हातमा सत्ताको चाबी सुम्पिए । चुनाबपछि, राजनीतिको कोर्स फेरियो तर चरित्र भने अलिकति पनि परिवर्तन भएन । र अहिले ’वामदेव प्रकरण’  समेत एकताको हलो, कुर्सिको भागबण्डामा नराम्रो संग अड्किएको छ ।   

 

यस्तो हुनको पछाडि कतिपय आलोचकले  बाम एकता कम्युनिष्टहरुको बैचारिक मिलनभन्दा पनि सत्ता प्राप्तिको भर्याङ बनाउने कार्य मात्र थियो भन्ने टिप्पणी समेत गरे ।  वास्तवमा, यो उनीहरुको कार्यले देखाएको स्पष्ट प्रमाण समेत हो । अझ सेक्सपियरको भाषामा भन्ने इष्र्या रोग अर्थात् ओथेलो सिन्ड्रोम नै हो । के यो वास्तविक एकताको लागि गरिएको पहल  थियो ? या सत्ताको लागि गरिएको एक नाटकमञ्चन थियो ? लेखकले यहा सटिक मुल्यांकान गर्न चाहन्छ ।

 

नेपालको  ’ओथेलो’ सिन्ड्रोमको राजनीति, विगत देखि वर्तमानसम्म 

 

२०१७ साल पौष १ गतेको राजा महेन्द्रको कदमलाई पनि ओथेलो प्रवृति थियो भनेर कतिपय आलोचक हरुले टिप्पणी गरेका छन् । बि पी कोइराला संगको टकराब र बहुदलीय पद्दतिसँगको बदलावमा महेन्द्रको कदम थियो भनेर कतिपय इतिहासकारहरुले विश्लेषण गर्ने गरेका छन् ।  ५२ वर्षमात्र बाँचेका राजा महेन्द्रले २०१७ साल पुस १ गतेदेखि उनको जीवनको अन्त्य (२०२८ माघ १७) सम्म प्रत्यक्ष शासन गरे । तर, त्यस समय राष्ट्रियताको सवालमा राजा महेन्द्रले दह्रो खुट्टा टेकेका थिए भनेर  कतिपयले उनको उक्त कदमलाई लिने गरेका छन् । उनले त्यस समय ,राष्ट्रिय एकता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रतालाई नै दाउमा राखेर सत्तारुढ दल नै कर्तव्यच्युत हुँदै गएपछि राजनैतिक दलहरूमाथि तत्काल प्रतिबन्ध लगाएका तर्क प्रस्तुत गरेका थिए । तर, उनमा एक प्रकारको व्यक्तिगत टकराब भने अवश्य पनि रहेको भनेर बुझ्न सकिन्छ ।  निःसन्देह राजा महेन्द्र राष्ट्रवाद, राष्ट्रियता, प्रगति, धर्म संस्कति र राष्ट्रिय एकताका कट्टर पक्षधर थिए । साथै , चीनका नेता माओ र चाउ(एन)लाई, भारतका नेता जवाहरलाल नेहरू, अमेरिका, ब्रिटेन, फ्रान्स, जापान र जर्मनीजस्ता शक्तिशाली राष्ट्रदेखि अफ्रिका, ल्याटिन अमेरिका आदिका शासकहरूसँग पनि उनले सुमधुर सम्बन्ध बनाएर उनको राजनैतिक चातुर्यता प्रदर्शन भने गरेका थिए ।  

 

त्यसपछि, प्रजातन्त्रको उदय पश्चात  राजनैतिक दलहरुमा आपसी खिचातानी, बदलाब झनै बढ्दै गइराखेको छ ।  यसको पछिल्लो उदाहरणको रुपमा अहिले सविधान संसोधन तथा कार्यान्वयनको सम्बन्धमा देखिएको टकराबलाइ लिन सकिन्छ ।  ने क पा माओबादीले आफ्नै सत्ता घटक नेकपा एमालेलाई पुरा अबधि काम गर्न नदिएर बिस्थापित गर्यो भने नेपाली काँग्रेस र माओवादी केन्द्रको सरकार गठन हुनासाथ एमालेलाई इष्र्या रोगले यसरी समत्योकी, उसैले मधेवादी दलहरुसँग गरेको समझदारीलाई समेत अस्विकार गर्यो । यो प्रवृत्ति यस्तो मौलाउँदै जादैँछ कि, यसले सिंगो मुलुक दिनप्रतिदिन ध्वंशात्मक बन्दै गएको छ ।

 

नेपाली कम्युनिष्ट स्थापनाको त्यो बर्ष 

 

सन् १९४९ अप्रिल २२ तारिख तदनुसार २००६ साल वैशाख १० गतेका दिन नेपाल कम्युनिष्ट पार्टी संगठन समितिको नामबाट क पुष्पलालले पर्चा नं १ (क) आफ्नो हस्तलिखित दस्तावेज प्रकाशमा ल्याए । यसै दिनलाई नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवस मानिन्छ । र पछि नेपाल कम्युनिस्ट पार्टीप्रतिबन्धित भएकाले कमरेड मनमोहनले राजसंस्थालाई मान्ने र शान्तिपूर्ण बाटोबाट अघि बढ्ने भनी दरबारमा लेखेर पठाए । पार्टीमाथिको प्रतिबन्ध पनि हट्यो । तर, पुष्पलाल सङ्र्घर्षबाटै पार्टीमाथिको प्रतिबन्ध हटाउन बाध्य पार्नुपर्छ भन्ने मान्यता  राख्थे  । 

 

२०१४ साल जेठमा काठमाडौँमा पहिलो पटक खुल्ला रूपमा दोस्रो महाधिवेशन सम्पन्न भयो । महासचिव  मनमोहन उपचारको क्रममा चीनमा लामो समयसम्म बस्नुपरेकाले का वा महासचिव भई डा रायमाझीको नेतृत्वमा दोस्रो महाधिवेशन सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा क पुष्पलाल अल्पमतमा परे तर का वा महासचिव रायमाझी पक्ष हावी भएपछि पार्टी संशोधनवादको दलदलमा फँस्यो । त्यहीबाट, नेपाली कम्युनिष्ट आन्दोलन संसोधनबादको दलदलमा फस्न सुरु गरेको हो ।

 

बिसं २००६ सालदेखि २०१९ सम्म एउटै कम्युनिष्ट शक्तिका रुपमा रहे पनि तेस्रो महाधिवेशनपछि नेपाली कम्युनिष्ट आन्दोलन दर्जनौं समूहमा विभाजित भयो । तेस्रो महाधिवेशनपछि विभाजित कम्युनिष्ट घटकहरु विभिन्न शक्तिमा विभाजित हुँदा उनीहरुको आफ्नै इतिहासको बिरासत मात्रै छैन, स्कूलिङ र इतिहासको मूल्याङ्कनका सन्दर्भमा पनि आ–आफ्नै धारा छन् ।

 

फरक फरक कोणबाट राजनीतिक संघर्षमा होमिँदा प्राप्त गरेका उपलब्धी र समस्याहरु फरक कोणबाटै संश्लेषित भएका छन् । तिनीहरुको एकीकृत समीक्षा र उचित संश्लेषणबिना एकताले सार्थक रुप लिन सक्दैन । नेपाली कम्युनिस्ट आन्दोलनमा अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, आधुनिक संशोधनवाद र नवसंशोधनवादको रूपमा प्रकट हुँदै आएको छ । विश्व कम्युनिष्ट आन्दोलन हुँदै नेपालमा एमालेदेखि, माले, मसाल हुँदै एमाओवादीसम्म आउँदा उनीहरूभित्र पुँजीवादी विचार बोकेका पार्टीका मान्छे हुन् भने बाहिर रुपमा कम्युनिस्ट खोल आढेर देखा परेका लिङ्ग रहित कम्युनिष्ट हुन् । न पुँजीवादी न त कम्युनिष्ट पार्टी एकता कुनै सिद्धान्त, विचार र क्रान्तिका निम्ति होइन, पद, प्रतिष्ठा र पैसाको निम्ति हो भन्ने कुरा उनीहरूका सयौं र हजार तथ्यहरूले पुष्टि गरिसकेका छन् ।

 

कोओर्डिनेसन केन्द्र, माले–माक्र्सवादी हुँदै एमालेमा विकसित भएको नेकपा (एमाले) को ऐतिहासिक विश्लेषण र चौम, मशाल, एकता केन्द्र हुँदै माओवादीका रुपमा विकसित भएको माओवादी केन्द्रको ऐतिहासिक विश्लेषणमा धेरै ठूलो राजनीतिक खाडल देखिन्छ । तात्कालीन कोर्डिनेसन केन्द्र चौमभन्दा क्रान्तिकारी थियो, कोकेले चौमलाई सुधारवादी, दक्षिणपन्थी शक्ति ठान्थ्यो । चालीसको दशकको आसपास मशालले तात्कालीन मालेलाई क्रान्तिकारी सिद्धान्तबाट च्यूत भएको शक्ति ठान्दथ्यो । २०४६ सालको जनआन्दोलनपछि माले–माक्र्सवादीबीच भएको एकताले बनेको एमाले तत्कालका लागि राजतन्त्रको वैधानिक सीमाभित्र रहेर राजनीतिक प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुग्यो । यता, मशाल, विद्रोही मसाल, चौम र सर्वहारा श्रमिक संगठनको एकताबाट बनेको एकता केन्द्र संसदीय चुनावलाई उपयोग गर्दै जनयुद्धको आधार तयार पार्न जुट्यो ।

 

बि.सं. २०४८ को आम निर्वाचनपछि एकता केन्द्र संसदलाई उपयोग गरेर जनयुद्धको उठान गर्ने दिशामा अगाडि बढ्यो भने एमाले संसदीय प्रजातन्त्रको सुदृढीकरणको अभ्यासमा लाग्यो । यसपछि राजनीतिक संघर्ष र दृष्टिकोणमा अझै ठूलो राजनीतिक दुरी देखा पर्यो । अहिले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सैद्धान्तिक, वैचारिक र राजनीतिक प्रश्नमा ठूलै मतभेद रहँदै आएको छ  ।  तर, सन् १९५६ मा तात्कालीन रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच चलेको बैचारिक विवाद जस्तै  एमाले र माओवादी केन्द्रबीच चलेको थियो  । पार्टीहरु जन्मने र निर्माण हुने बिचारले हो नकि व्यक्तिगत लालच र मोहको कारणले ।

 तर,  जनताको बहुदलीय प्रतिस्पर्धात्मक राजनीति स्वीकार गरेको एमाले सर्वहारा वर्गको अधिनायकत्व र राज्यको बिलोपीकरणजस्ता माक्र्सवादका आधारभूत मान्यताबाट धेरै नै पर पुगिसकेको पार्टी हो ।  

 

अझ प्रष्ट शब्दमा भन्ने हो भने अमेरिकी राजदुत पार्टी कार्यालय आउँदा माक्र्स र लेनिन को फोटो समेत लुकाउने पार्टीको रुपमा परिचित पार्टी हो ।  अर्कोतिर माओवादी केन्द्र समाजवादी व्यवस्थामा राजनीतिक प्रतिस्पर्धाका लागि तयार पार्टी हो  । साथै,  सामन्तवाद एवं साम्राज्यवादका पक्षधर शक्तिहरुलाई अंकुश लगाएरमात्र राजनीतिक प्रतिस्पर्धाले समाजवादको यात्रा हुँदै राज्यको बिलोपीकरण सम्भव हुने सैद्धान्तिक मान्यतामा थियो । अहिले एमाले र माओवादी केन्द्र दुवै आफ्ना पुराना मान्यता र दृष्टिकोण लाइ तिलान्जली दिदै उक्त ठाउँमा आइपुगेका छन् ।

 

बामदेवको ’ढाड’ मा ओलीको सत्ताको भर्याङ

 

हुन त प्रधानमन्त्री ओली पार्टीको सर्बोच्च पदमा पुग्नाको लागि बामदेव गौतमको बुइ चडेर नै आहिलेको अवस्थामा आएपुगेको बिगतको इतिहास प्रष्ट नै छ । यी दुई व्यक्तिको दोस्तीले ओलीले पार्टीको अध्यक्ष मात्र बनाएन, मुलको इतिहासकै सर्ब शक्तिमान एबम झन्डै दुइतिहाई सरकारको बागडोरमा समेत पुर्यायो । पार्टी एकता संगै ओली अहिलेको अवस्था सम्म आइपुगेका छन् ।

 

विभिन्न आरोह अवरोहका बीच गत भदौमा पार्टीको काम अर्का अध्यक्ष पष्पकमल दाहाल ’प्रचण्ड’ले हेर्ने र आफूले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने सहमति भएदेखि नै ओलीमा एक प्रकारको बेचैनी र छटपटी शुरू भएको विश्लेषण गर्न सकिन्छ  । अघिल्लो साता  झापा पुगेर ओलीले ‘सरकार ढाल्ने षडयन्त्र’ भएको प्रतिक्रिया दिएका थिए ।  अहिले ओली पार्टी्भित्र अल्पमतमा रहेका बेला  सचिवालयको निर्णयलाई चुनौती दिने अडानमा टिकिराख्ने सम्भावना प्राय समाप्त नै भएको छ  । ‘पार्टी निर्णयलाई स्वीकार्दिन भन्ने निर्णयले उनको अब स्टालिनवाद भन्दा अरु ठुलो एरोगेंस अरु केही हुन सक्दैन ।

 

२०२८ सालको झापा विद्रोहलाई एमाले बामपन्थी भड्काव ठान्दथ्यो भने जनयुद्धमा होमिएको माओवादी झापा विद्रोहलाई आफ्नो आधारबिन्दु ठान्दथ्यो । यही वैचारिक मतभेद एमाले र माओवादी केन्द्रबीच आजपर्यन्त कायमै छ । यसको नयाँ ढङ्गले समीक्षा र संश्लेषण नगरेसम्म पार्टी एकताले सार्थकता प्राप्त गर्न सक्दैन । साथै, विभिन्न काण्ड र बिबादको बिच सरकारको समीकरणको नजर अन्दाज गर्न तयार नहुने ओली सरकारको कार्य सैली सुधार नागेरे सम्म  उक्त  गठबन्धन वास्तविक रुपमा एक हुन  त सक्दैन नै बरु त्यो जूनसुकै समय टुट्न सक्छ । त्यस समय देखाइएको सम्वृद्धिको सपना काचको ग्लास झैँ झर्यामझुरुम्म नहोला  भन्न सकिन्न ।    

 

इति

हाल बेलायत...

 


थप समाचार

बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

  • 18 minutes ago
बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

काठमाडौँ । बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा रहेका एकजना पुरुषको मृत्यु भएको हो । भारतबाट फर्किएको दिन उनक

हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

  • 24 minutes ago
हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

काठमाडौँ । जर्मनको घरेलु लिग बुन्डेसलिगामा हेर्थाविरुद्ध डर्टमण्डले साँघुरो जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा हेर्थाविरुद्ध डर्टमण्डले १–० गोलको जित निकालेको हो ।

आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

  • 26 minutes ago
आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

वीरगञ्ज । स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।