नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

  • सोमबार, ३ मंसिर, २०७५
  • 6 months ago
  • नेपाल

काठमाडौँ । झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ ।

 

प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । 

 

यसबीचमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको तथा तिहार र छठ पर्व परेकाले बैठक पर सरेको हो । नेकपाको पछिल्लो सचिवालय बैठक गत कात्तिक ८ गते बसेको थियो । सो बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटीको पूर्णताका लागि सिफारिश गर्न महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको थियो । 

 

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले यही मङ्सिर ६ गते सचिवालयको बैठक बस्ने तथा त्यसले स्थायी कमिटीको बैठकको मिति र कार्यसूची तय गर्ने तयारी भएको जानकारी दिए । 

 

‘‘पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार स्वदेश फर्कनुहुन्छ’’, श्रेष्ठले भने, ‘‘त्यसपछि आगामी बैठक बस्ने तयारी गरिएको छ ।’’ पार्टीले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकिसकेको छ । ती पदाधिकारीले जिल्लामा काम गर्नका लागि संयन्त्र गरेका छन् । दुई सदस्यीय उक्त कार्यदलले निश्चित मापदण्डका आधारमा प्रदेश कमिटीमा रहने सदस्यको नाम सिफारिश गर्न निर्देशन दिएको थियो । 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भएपछि तीन महीनाभित्र सकिने भनिएको तल्लो तहको एकता हालसम्म हुन सकेको छैन । 


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 5 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 5 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 6 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।