नेकपाको सबै वडा कमिटी एकीकरण

Education Park

दमौली ।  नेपाल कम्युनिष्ट पार्टी -नेकपा- तनहँुको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ । नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो । 

 

तनहुँका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुङ्गो लागेको नेकपा जिल्ला संयन्त्रका सदस्य श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

 

व्यास नगरपालिका–१० को अध्यक्षमा साबिक नेकपा माओवादी केन्द्रका हरिविलाश अधिकारी र देवका पौडेलले दाबी गरेका छन्  भने शुक्लागण्डकी नगरपालिका–९ मा साबिक नेकपा एमालेका प्रेमबहादुर महत र डिलबहादुर महतले दाबी गरेका छन् । उक्त वडाका अध्यक्षको टुङ्गो लगाउने जिम्मेवारी साबिकको पार्टीका नेताले नै लिएको श्रेष्ठले जानकारी दिए ।

 

बैठकले अन्य सबै वडाका अध्यक्ष र सचिवसहित वडा कमिटीमा रहने सदस्यको पनि टुङ्गो लगाएको छ । जिल्ला संयन्त्रले केही दिनअघि स्थानीय तहका संयन्त्रलाई वडा कमिटी एकीकरण पूरा गर्न सर्कुलर जारी गरेको थियो ।

 

सोही अनुसार सबै स्थानीय तहले साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका संयन्त्रका सदस्यको भेला गराई वडा कमिटीमा रहनेको नाम जिल्ला संयन्त्रलाई सुझाव दिएको थियो । वडा कमिटीको एकीकरण पूरा भएपछि अब गाउँपालिका कमिटी र नगरपालिका कमिटीको एकीकरण गरिने सो पार्टीले जनाएको छ । तनहुँका दश स्थानीय तहमध्ये आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिकाको कमिटी एकीकरण पूरा भइसकेको छ । आँबुखैरेनीमा प्रेम गुरुङ अध्यक्ष र रामबहादुर गुरुङ सचिव तथा ऋषिङमा गञ्जसिंह गुरुङ अध्यक्ष र वीरु थापा सचिव रहेको कमिटी सर्वसम्मत चयन गरी अनुमोदनका लागि जिल्ला संयन्त्र र प्रदेश कमिटीमा सिफारिश गरिएको छ ।


थप समाचार

समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

  • 6 seconds ago
समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

बर्दिबास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवर्द्धन आवश्यक भएको बताएका छन् । आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस

अष्ट्रेलिया विशेषः शैक्षिक संस्था परिवर्तन गर्ने बारे सोच्दैं हुनुहुन्छ ?

  • 4 minutes ago
अष्ट्रेलिया विशेषः शैक्षिक संस्था परिवर्तन गर्ने बारे सोच्दैं हुनुहुन्छ ?

आर्थिक कारण, पढाइमा समस्या, विषय वा शैक्षिक संस्था मन नपरेको आदि अनेक कारण देखाउँदै अहिले पनि कैयौँ विद्यार्थीले शैक्षिक संस्था परिवर्तन गरिरहेका छन् ।

काभ्रेका तीन स्थानमा भेटिएकाे बम सबै डिस्पाेज

  • 7 minutes ago
काभ्रेका तीन स्थानमा भेटिएकाे बम सबै डिस्पाेज

काभ्रे । कार्यकर्ता हत्याको विरोधमा प्रतिबन्धित नेकपाले बन्द आह्वान गरेको दिन एकाबिहानै काभ्रेका विभिन्न स्थानमा बम भेटिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान हुँदा नहुँदै काभ्रेक



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।