नेकपाले छाड्यो सरकार, अब प्रमुख प्रतिपक्षी

प्रदेशसभाका ५ सय ५० सांसदहरुले सपथ लिँदाको तस्बिर ।

काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै नेकपा प्रमुख प्रतिपक्षी दल भएको छ । 

 

केन्द्रमा फोरम र राजपालाई सरकारमा ल्याउने कसरतमा रहेको नेकपाले प्रदेशमा भने सरकार छाडेको हो । 

 

नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको स्पष्ट बहुमत छ । प्रदेश सरकारमा फोरम र राजपालाई अब रिजवान अन्सारीको संघीय समाजवादी पार्टी र स्वतन्त्र सांसदको समर्थन छ । 

 

मुख्यमन्त्री लालबाबु राउतलाई ५५ जनाको समर्थन छ । काँग्रेसको १९ सिट छ भने, मुख्य विपक्षी भएको नेकपा तिर ३२ सिट छ । विपक्षमा अब ५१ मत भएको छ । 

 

मुख्यमन्त्री लालबाबु राउतले आइतबार बोल्नका लागि समय मागेका थिए । तर, नेकपाका सांसदहरुले विरोध गरे । मुख्यमन्त्रीले समय पाएनन् । 

 

तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका सत्यनारायण मण्डलले समय पाउनेवित्तिकै ‘जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार सरकारले काम गरेन ।  सरकारको गति एकदमै सुस्त भयो । 

 

यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूहरुसँग सल्लाह नै नगरी मानमर्दन गर्न खोजेको आरोप समेत लगाए । उनीहरुले संसद नै अवरुद्ध गरिदिए । पछि बैठक चल्यो । 

 

फोरम र राजपाका सांसदहरुले नेकपाले समर्थन फिर्ता लिए पनि केही फरक नपर्ने बताएका छन् । प्रदेशको मतभेदले केन्द्रको संवादमा समेत केही असर नगर्ने उनीहरुले बताएका छन् । 


थप समाचार

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

  • 4 minutes ago
यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाइ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाइ झन् जटिल बनाउन सक्छ । कागतीमा

दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

  • 21 minutes ago
दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

काठमाडौँ । अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका छन् । धूमधामका साथ विवाह गरेको यो जोडीलाई बलिउडको हट जोडी पनि मानिन्छ ।

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 35 minutes ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्



जीवनशैली/स्वास्थ्य

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाइ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाइ झन् जटिल बनाउन सक्छ । कागतीमा पाइने केही तत्वले जसले टसम्बन्धी समस्यालाइ बढाउनुका साथै दाँतमा समस्या निम्त्याउँछ ।