नेकपाः सातै प्रदेशका इन्चार्ज र अध्यक्षको टुङ्गो, कुन प्रदेशमा को ?

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । 

 

प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोएिको हो । 

 

पार्टी सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार प्रदेश नं १ को इन्चार्जमा भीम आचार्य, सहइन्चार्जमा सावित्री काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त भएका छन् । 

 

त्यसैगरी प्रदेश नं २ को इन्चार्जमा सत्यनारायण मण्डल र सहइन्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेल चयन भएका छन् । 

 

प्रदेश नं ३ को इन्चार्जको जिम्मा अष्टलक्ष्मी शाक्य र सहइन्चार्जको नारायण दाहालले पाएका छन् भने प्रदेश कमिटी अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेल चयन भएका छन्। 

 

त्यस्तै गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र सहइन्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपालीले चयन भएका छन् । 

 

त्यसैगरी प्रदेश नं ५ को इन्चार्जको जिम्मा शङ्कर पोखरेलले र सहइन्चार्जमा दलबहादुर रानाले पाउनुभएको छ भने पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रशाद शर्मा नियुक्त भएका छन् । 

 

कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा र सहइन्चार्जमा यमलाल कँडेल तथा पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा चयन भएका छन् । 

 

त्यसैगरी प्रदेश नं ७ को इन्चार्जमा भीमबहादुर रावल र सहइन्चार्जमा लक्ष्मणदत्त जोशी तथा पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले र सचिवको जिम्मा नेपबहादुर चौधरीले पाएका छन् । 

 

गत जेठ ३ गते साविकको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतापछिको यो निर्णयलाई महत्वपूर्ण उपलब्धीका रुपमा हेरिएको छ ।

 

 देशका ७७ जिल्ला र जनवर्गीय संगठनको एकतासम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाइसकेको छ । 

 

पार्टी सचिवालय सदस्य पोखरेलले आज जिम्मेवारी पाउने प्रदेश इन्चार्ज तथा पार्टी कमिटी अध्यक्षले मातहतका जिल्ला कमिटीको एकता कार्यलाई चाडो टुङ्गोमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

 


थप समाचार

Greenwich University pupils raised funds for a children hospice

  • 57 minutes ago
Greenwich University pupils raised funds for a children hospice

A group of Students from Greenwich University in London has raised funds for a children hospice in south east London.

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 3 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 9 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।