चार महिनापछि प्रदेशमा यसरी टुङ्ग्याइयाे नेकपाकाे भागबण्डा

पूर्व एमालेलाई ६ इन्चार्ज, पूर्व माओवादीलाई ४ अध्यक्ष

काठमाडौँ । पार्टी एकीकरणको चार महिनापछि सत्तारुढ दल नेकपाले प्रदेश स्तरीय कमिटी निर्माण गर्न सफल भएको छ । 

 

पूर्वएमाले र माओवादी केन्द्रबीचको भागबण्डा नमिलेर पेचिलो बनेको प्रदेश कमिटी निर्माणमा पूर्व एमालेलाई ६ वटा प्रदेशको इन्चार्ज र पूर्व माओवादी केन्द्रलाई एउटा प्रदेशको इन्चार्ज दिइएको छ ।

 

बहुमत प्रदेशमा इन्चार्ज नपाए पनि पूर्व माओवादी केन्द्रले बहुमत प्रदेशमा अध्यक्ष पाएको छ । केन्द्रले ४ वटा प्रदेशमा अध्यक्ष पाएको हो भने पूर्व एमालेले ३ वटा प्रदेशमा अध्यक्ष पाएको छ ।

 

प्रदेश १ मा पूर्व एमालेको तर्फबाट भीम आचार्य प्रदेश इन्चार्ज बनेका छन् भने केन्द्रका तर्फबाट सावित्रीकुमार काफ्ले सह–इन्चार्ज बनेका छन् । प्रदेश १ मा पूर्व एमालेकै तर्फबाट देवराज घिमिरे अध्यक्ष बनेका छन् भने सुरेशबहादुर राई सचिव बनेका छन् ।

 

प्रदेश २ को इन्चार्ज पनि पूर्व एमालेबाटै सत्यनारायण मण्डल बनेका छन् । इन्चार्ज एमालेले पाएपछि प्रदेश २ मा अध्यक्ष र सह इन्चार्ज माओवादी केन्द्रको भागमा परेको छ । 

 

प्रदेश २ को अध्यक्षमा प्रभु साह चयन भएका छन् भने अध्यक्षकै चर्चामा रहेका विश्वनाथ साह सह इन्चार्ज बनेका छन् । तत्कालीन एमाले निकट सुमन प्याकुरेललाई सचिवको जिम्मेवारी दिइएको छ।

 

प्रदेश ३ को इन्चार्ज पनि तत्कालीन एमालेकै पोल्टामा परेको छ । यस प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई इन्चार्ज तोकिएको छ भने पूर्व माओवादी केन्द्रका नारायण दाहाललाई सह–इन्चार्ज तोकिएको छ ।

 

त्यस्तै यस प्रदेशमा पूर्व माओवादी केन्द्रका हितमान शाक्यलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने सचिवमा पूर्व एमालेबाट आनन्द पोखरेललाई बनाइएको छ ।

 

गण्डकी प्रदेशमा पनि इन्चार्जको जिम्मेवारी पूर्व एमालेलाई नै दिइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नै यस प्रदेशका इन्चार्ज बनेका छन् । 

 

पूर्व माओवादीका हितराज पाण्डेलाई अध्यक्ष तोकिएको यस प्रदेशमा सह–इन्चार्ज र सचिवमा भने पूर्व एमालेकै खगराज अधिकारी र गोविन्द नेपालीले बाजी मारेका छन् ।

 

प्रदेश ५ मा पूर्व एमालेकै तर्फबाट मुख्यमन्त्री शंकर पोखरेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ । सह–इन्चार्जको रुपमा पूर्व एमालेकै दलबहादुर रानालाई जिम्मेवारी तोकिएको छ ।

 

पूर्व माओवादीकी ओनसरी घर्तीलाई यस प्रदेशका अध्यक्षको जिम्मेवारी दिइएको छ भने पूर्व माओवादीबाटै जगप्रसाद शर्मा प्रदेश ५ का सचिव बनेका छन् ।

 

पूर्व माओवादीले इन्चार्ज पाएको एक मात्र प्रदेशमा जनार्दन शर्मा ‘प्रभाकर’ कर्णाली प्रदेश इन्चार्ज बन्न सफल भएका छन् । यो प्रदेशमा पूर्व एमालेबाट यमलाल कँडेल सह–इन्चार्ज बनेका छन् ।

 

कर्णाली प्रदेशको अध्यक्षमा पनि पूर्व एमालेबाटै गोरखबहादुर बोगटी आएका छन् भने सचिवमा पूर्व माओवादीबाट मयाप्रसाद शर्मा तोकिएका छन् ।

 

प्रदेश ७ मा एमालेलाई मुख्य पद परेको छ । पुर्व मन्त्रीसमेत रहेका भीम रावललाई इन्चार्ज तोकिँदा एमालेबाटै कर्ण थापा अध्यक्ष बनेका छन् । माओवादी केन्द्रका नेता लक्ष्मणदत्त जोशीलाई सह इन्चार्जको जिम्म्मेवारी दिइएको छ भने सचिव पनि माओवादी केन्द्रको भागमा परेको छ ।


थप समाचार

यसकारण च्याउ खानुहोस्

  • 49 minutes ago
यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

सर्वोच्च अदालतको फैसलापछि राजापाक्षेद्धारा राजिनामा

  • 55 minutes ago
सर्वोच्च अदालतको फैसलापछि राजापाक्षेद्धारा राजिनामा

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेको भ

बेइजिङमा गोदाम खोल्न विलम्ब गर्दै ‘क्यानाडा गुस’

  • 1 hour ago
बेइजिङमा गोदाम खोल्न विलम्ब गर्दै ‘क्यानाडा गुस’

बेइजिङ । क्यानाडाको सुप्रसिद्ध कपडा ब्राण्ड, ‘क्यानाडा गुस’ ले बेइजिङमा बिस्तार गर्ने तयारीमा रहेको भनिएको आफ्नो भण्डारलाई क्यानाडा र चीनबीच देखिएको कूटनीतिक विवादले विलम्ब गराउने जनाएको छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यसकारण च्याउ खानुहोस्

यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

विचित्र विश्व

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।