नेकपाको अन्तर्द्वन्द्व र समृद्ध नेपाल !

इतिहासको नै पहिलो दुई तिहाईको सरकार गठनसँगै आर्थिक र विकासमा गति बढ्ने आशा गरेको आम नेपाली जनतामा नैराश्यता छाउन थालेको छ । सरकार गठन भएको लामो समय नभएता पनि ओली नेतृत्वको सरकारसँग आम जनताको आशा र भरोसा जोडिएको थियो । विशेष गरेर विगतमा भारतले गरेको नाकाबन्दी र काँग्रेसको कमजोर भूमिकाको जगमा उभिएर राष्ट्रियता, स्वतन्त्रता र समृद्ध नेपालको परिकल्पनाका कल्पनाकारका रुपमा हेरिएको केपी ओलीको तत्कालिन पार्टी नेकपा एमाले र माओवादीको एकीकरणले नै देशमा विकास र समृद्धि हुने जनअपेक्षाको प्रतिफलस्वरूप नै नेकपा देशको नै पहिलो पार्टी बन्न पुग्यो ।

 

तत्कालिन एमालेको महासचिव माधवकुमार नेपालको समयमा भएको पहिलो संविधानसभाको चुनावमा पार्टीको लज्जाजनक हार र त्यसपछि केपी ओलीको उदय पछिको सन्दर्भमा हेर्ने हो भने आकाश जमिनको फरक पाउन सकिन्छ । केपी ओलीको नेतृत्वमा तत्कालिन एमाले पहिलो पार्टी हुन सफल भयो भने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा पनि केपी ओलीको भूमिकाले राम्रो चर्चा कमाउन सफल भयो । त्यसैको फलस्वरुप जनताले केपी ओली नेतृत्वको तत्कालिन एमाले पार्टीलाई पहिलो पार्टी बनायो । यसमा केपी ओलीको प्रत्यक्ष भूमिका रहेको कतै छिपेको छैन ।

 

स्थानीय तहमा एक्लै पहिलो दल बन्न सफल एमाले संघीय र प्रदेशको चुनावमा एमाले र माओवादीको एकिकरणसँगै देशको नै सबैभन्दा ठूलो दल बनेर अहिले अन्य दलको समर्थनमा दुई तिहाईको सरकार बनेको छ । चुनावमा जनतामाझ गरेका विभिन्न आश्वासनको चाङ पुरा हुने आशमा मत दिएर पहिलो पार्टी बनाएको सरकार जनतामा लोकप्रिय भएर जनताको हक, अधिकार र विकासमा समर्पण हुने भन्दा पनि आफनै आन्तरिक द्वन्द्वका कारणले खस्किएको छ । जुन आन्तरिक द्वन्द्वले सरकार र विशेष गरि केपी ओलीको साख गिरेको छ ।

 

हिजो सरकार र सत्ता बाहिर बसेर ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने उद्घोष गरेको हालका प्रधानमन्त्री केपी ओलीको भाषण यो सन्दर्भमा सान्दर्भिक बन्न सकेको छैन । सरकार बाहिर हुँदा सान्दर्भिक लाग्ने विषयवस्तु सरकारमा हुँदा असान्दर्भिक हुने रहेछ । जुन कुरा हिजोआज सरकारको अभिव्यक्तिले प्रष्ट पारेको छ । सम्पूर्ण अधिकारसम्पन्न सरकारलाई काम गर्न कुनै पनि शक्ति र विपक्षी पार्टीले रोकेको छैन, किनकी सरकारसँग नै दुई तिहाई छ । विपक्षी पार्टीसँग कुनै पनि अवरोध गर्ने ल्याकत छैन । यो समयमा समेत काम गर्न नसकेर भाषण र अन्तद्र्वन्द्वमा रमाउँदा भोली जनताले के भन्ला भन्ने हेक्का समेत राख्न नसकेको देखिन्छ ।

 

धेरै खाएपछि चिनी पनि विष बन्छ भनेझैँ नेकपाका नेता र मन्त्रीहरूको भाषणले यतिबेला जनतालाई आतंकित पारेको छ । ओली सरकार उखान र टुक्काका लागि मात्र योग्य रहेछ भन्ने आवाज मुखरित भएको सन्दर्भमा झन् सरकारका आसेपासे र अन्य मन्त्रीका भूमिकाका कारण नेकपाको मात्र होइन स्वयं केपी ओलीको साख जनतामा धुमिल बन्दै गइरहेको छ । सरकारका काम–कारबाही र योजनाका बारेमा जनतालाई जानकारी दिन प्रवक्ता छ, तर सरकार किन गफ मात्र बढी गरिरहेको छ ? एउटै कुरा पटक–पटक सुन्दा–सुन्दा आजित भएका जनता सरकारको यो रवैयाका कारण विक्षिप्त वनेको छ । समयको महत्वलाई नबुझ्दाको परिणाम भोगेर पनि शिक्षा लिन नसकेको सरकार फेरि पनि असफल हुन तीव्र गतिमा कुदिरहेको छ ।

 

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा उभिएर देश डुब्न लागिसक्यो, आउ कोहि माझी, डुंगा उतारिदेउ भनेर फलाके । नेता नेपालले आफ्नो हैसियत र जिम्मेवारी समेत हेक्का नराख्ने नेताका कारण आम जनतामा नैराश्यता छाउनेछ भन्ने समेत सोच्न सकेनन् । यस्तो गैरजिम्मेवार नेताका कारण नै आज देशको यो दुर्दशा भएको कुरामा कुनै शंका छैन । देशमा विपक्षी दल नै भएको आभास नभएको सन्दर्भमा आफनै पार्टीको वरिष्ठ नेताको अभिव्यक्तिले सिंगै देशमा हलचल मच्चिएको छ ।

 

पार्टीभित्रका असन्तुष्टि पार्टीको बैठक र सम्बन्धित व्यक्तिलाई भन्नुपर्दछ भन्ने हेक्का समेत नभएको नेताहरू नै देश र पार्टीका लागि धमिराहरू हुन् । त्यस्ता नेताहरूको पक्ष र विपक्षमा लागेर हामी पनि आफनो भूमिका प्रकट गरिहेका छौं । विपक्षी पार्टीको भूमिका लगभग शुन्य भइरहँदा आफनै पार्टी भित्रको अन्तरद्वन्द्वमा विपक्षी कांग्रेस हाँसिरहेको छ । कांगे्रस नेताहरूले सरकारको विरोध हामीले हैन स्वयं पार्टीभित्रबाट भइरहेको अभिव्यक्ति दिइरहेका छन् ।

 

देश विकास र जनताको आर्थिक समृद्धिमा भूमिका खेल्नुपर्ने बेलामा नेताहरूको दोहरीले आम जनता र कार्यकर्तालाई नै निराश बनाएको छ । त्यसमाथी कार्यकर्ताहरू राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो समेत भन्न नसकेर नेताको बचाउमा सामाजिक संजालमा आफनो रोइलो गरिरहेका छन् । नेताको जे अभिव्यक्ति पनि सहज मान्नुपर्नेे र जनताले सरकारलाई सुझाव दिदाँ अव्यवहारिक र आलोचना मात्र गर्छन् भन्नु अगाडी आफनो अनुहार पनि ऐनामा हेर्नु सान्दर्भिक हुन आउँछ ।

 

यातायात र तरकारीमा रहेको सिण्डिकेटको अन्त्य, ठेकेदारलाई कारबाही, स्वास्थ्य क्षेत्रको विकृतिको अन्त्य गर्ने निर्णय गरेको सरकार कार्यन्वयनमा फितलो बनिदिदाँ आफनै निर्णय गलपासो बनिदियो । बलात्कार जस्तो जघन्य अपराधमा समेत सरकार उदासीन बनिदियो । निर्मला हत्याकाण्डको दोषीलाई पत्ता लगाउन नसकेर सरकार नराम्रोसँग जनतामाझ नाङ्गियो । बलात्कारीलाई कारबाही गर्न सरकारलाई दबाब दिनुभन्दा पनि कांग्रेसले त्यसमाथि राजनीति गरेर आफ्नो नालायकीपन प्रकट ग¥यो । सुन तस्कर र दरबार हत्याकाण्ड भन्दा पनि शक्तिशाली शक्ति को रहेछ, जुन सरकारले जनतामाझ ल्याउन सक्दैन भन्ने प्रश्न खडा भइदियो । यति धेरै नालायकी देखाएर सरकार जनताप्रति उत्तरदायी छैन भन्ने प्रमाणित गरिदियो । सुशाासन र समृद्धिका नारा त केवल शक्ति र सत्ताका लागि मात्र रहेछ भन्ने पुष्टि गरिदियो ।

 

भाषण र उद्घाटनमा नै रम्न अभ्यस्त बनेका नेकपाका मन्त्री र सांसदको यहि रवैयाले दुई तिहाईको दम्भमा रहेको सरकार दुई तिहाई नै पतन हुनेमा शंका छैन । काम र जिम्मेवारी भन्दा पनि खोक्रो प्रचार र समाजिक संजालमा अभ्यस्त हुन गरिने क्रियाकलापप्रति जनताको नकारात्मक धारणा उत्पन्न भइसकेको छ । जिम्मेवारी बहन गर्नतर्फ उन्मुख नहुने आम नेता, मन्त्री र अन्य जो कोहीसँग पनि सति जान अबको दिनमा कुनै जनता त के कार्यकर्ता समेत तैयार छैनन् भन्ने कुरा सरकार र मन्त्रीहरूले बुझेनन् भने अब सरकारलाई राम राम मात्रै भन्न सकिन्छ, काँध थाप्न सकिदैन ।


थप समाचार

गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

  • 8 hours ago
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।

काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

  • 9 hours ago
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग

इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

  • 9 hours ago
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।