विवाद टुंगाे नलागेपछि नेकपाकाे सचिवालय बैठक स्थगित

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

 

नेताहरुबीचको विवादको टुंगो लाग्न नसकेपछि आज बोलाइएको सचिवालय बैठक स्थगित भएको हो । 

 

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराएको ‘असहमति पत्र’ र मातहतका कमिटी एकता प्रक्रियाको विषयमा छलफल हुने बताइएको थियो ।

 

गत असोज ५ गतेको सचिवालय बैठकका निर्णय विवादमा आएपछि यो बैठक बस्न लागेको थियो ।

 

वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेशमा रहँदा सो दिनको सचिवालय बैठकले प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो ।

 

आफ्नो अनुपस्थितीमा प्रदेश कमिटीका पदाधिकारी तोकिएपछि असन्तुष्ट भएका वरिष्ठ नेता नेपालले पार्टी मुख्यालयमा आफ्नो असन्तुष्टि पत्र नै दर्ता गराएका थिए ।


थप समाचार

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 2 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 7 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

  • 8 hours ago
ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

गत महिना प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौता बेलायतमा लगभग अस्वीकृत जस्तै बनेपछि सम्झौताका केहि बुंदामा परिमार्जन गराउने उनको कोशिस थियो । तर युरोपेली संघले सम्झौता थप वार्ताको



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।