जुलाई २९ कोे क्रिकेट सफल पार्न दूतावासको पनि कसरत

  • बुधबार, ३० जेष्ठ, २०७५
  • 1 week ago
  • युके

लण्डन । आउंदो जुलाई २९ मा लण्डनको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा नेपालले खेल्ने क्रिकेट खेलमा नेपाली दर्शकको सहभागिता बढाउने कसरतमा लण्डनस्थित नेपाली दूतावास पनि जुटेको छ । 

 

नेपालको राष्ट्रिय क्रिकेट टिमले खेल्ने उक्त खेलमा बेलायतस्थित नेपालीहरुको सक्दो बढि सहभागिता गराउनेबारे छलफल गर्न यहि शुक्रबार सांझ दूतावासमा एक बैठक आव्हान गरिएको छ । 

 

बेलायतस्थित नेपाली संघसंस्था र मिडियाका प्रतिनिधीहरु बोलाएर सो खेलमा नेपालीहरुको उल्लेख्य ससहभागिता गराउनका लागि सहयोगको आव्हान गर्ने योजना दूतावासको छ । बैठकमा जुलाई २९ को खेलको प्रचारप्रसारमा सक्रिय बनेका स्वयमसेवक युवा प्रतिनिधीहरुको पनि सहभागिता रहनेछ । 

 

नेपालले नेदरल्याण्ड र एमसिसी क्लबसंग त्रिकोणात्मक मैत्रीपुर्ण खेल खेल्न लागेको हो । 

 

'नेपालबाट हाम्रो देशको राष्ट्रिय टोली आएर विश्वकै प्रतिष्ठित मैदानमा खेल्दैछ, सो खेल हेर्नका लागि धेरैभन्दा धेरै बेलायतवासी नेपालीहरुको सहभागिता गराउन सकियो भने यसले खेलाडीलाई हौसला दिनुको साथै नेपाली क्रिकेटको प्रबद्र्धनमा पनि सहयोग पुर्याउनेछ भन्ने हामीलाई आशा छ', लण्डन दूतावासका प्रवक्ता शरदराज आरनले भने । 

 

दुई वर्षअघि लर्ड्समा नेपाली क्रिकेट टोलीले पहिलोपटक खेल्ने मौका पाएको थियो । बेलायतबासी ५ हजार बढि नेपालीहरुले प्रत्यक्ष हेरेको उक्त खेलमा सहभागिता बढाउनको लागि दूतावास आफैले सक्रिय पहल गरेको थियो । 

 

पहिलाको खेल बेलायत नेपाल सम्बन्धको २ सय वर्ष पुगेको अवसरमा लण्डनस्थित नेपाली दूतावासकै अग्रसरतामा  आयोजना भएको थियो  । 'यसपटकको खेल भने एक नियमति खेल हो । तर पनि नेपाली राष्ट्रिय टोली नै आउने भएकाले दूतावासले यहांका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई लर्ड्समा गएर हाम्रा खेलाडीको हौसला बढाइदिनुहुन आग्रह गर्दछ', प्रवक्ता आरनले भने ।

 

जुलाई २९ को खेलमा १० हजार नेपाली दर्शक उतार्ने लक्ष्यमा स्वयमसेवक युवाहरुको टोली अहिले सक्रिय बनिरहेको छ । क्रिकेटप्रेमी युवा व्यवसायी प्रशान्त कुंवर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका बेलायत शाखा अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री लगायतका युवाहरु प्रचारप्रसारमा जुटेका छन् । 

 

त्यस्तै, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि हालै २ साता लामो बेलायत भ्रमणका क्रममा बेलायतका नेपालीहरुलाई जुलाई २९ को खेल हेर्न आइदिनका लागि विशेष आग्रह गरेका थिए । 

 


थप समाचार

ह्यारी केनको ह्याट्रिकसंगै पनामालाई ६-१ ले हरायो इंग्ल्याण्डले

  • 2 hours ago
ह्यारी केनको ह्याट्रिकसंगै  पनामालाई ६-१ ले हरायो  इंग्ल्याण्डले

इंग्ल्याण्डले पनामालाई ६ -१  ले हरायो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले महत्वपुर्ण ह्याट्रिकको योगदान गरे ।

प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

  • 3 hours ago
प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा कुनै ब्रेकथ्रु हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबमा आइतबार भएको साक्षा

भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

  • 4 hours ago
भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

बुटवल । प्रदेश नं. ५ को बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

एजेन्सी । तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रुपमा पनि लसुनलाई वर्षौ देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति गर्मी र सुख्खा हुन्छ ।

विचित्र विश्व

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।