साउथ ईस्ट लण्डनको युथ नेटवर्क कन्फरेन्समा सुनियो युवाका कुरा

  • बिहीबार, १४ चैत, २०७५
  • 1 year ago
  • युके

 

लण्डन । नेप्लिज युथ एशोसिएसन यूकेको आयोजनामा बुधबार सांझ साउथ ईस्ट लण्डनमा 'युथ नेटवर्क कन्फरेन्स' सम्पन्न भएको छ । 

 

प्लमस्टिडको ग्लिन्डन कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा ५ दर्जनको संख्यामा स्थानीय नेपाली युवा तथा समुदायका अगुवाहरुको सहभागिता थियो । 

 

कार्यक्रमका सहभागी युवाहरुले बेलायतका नेपाली युवाहरुसंग सम्बन्धित  विभिन्न विषयमा समुहगत रुपमा छलफल गरेका थिए । करियर, एजुकेसन, जेनेरेसन ग्याप, कल्चर, स्पोर्ट्स एण्ड क्रिएटिभिटि लगायतका विषयमा गरिएको सामुहिक छलफलमा कार्यक्रममा उपस्थित समुदायका अगुवाहरुले समेत भाग लिए । 

 

छलफलपछि बेलायतमा नेपाली युवाहरुको अवस्था र उनीहरुले भोगिरहेका समस्यालाई सम्बोधन गर्न नेप्लिज युथ एशोसिएसनले कस्तो भुमिका खेल्न सक्छ भन्ने विषयमा युवाहरुले सुझाव प्रस्तुत गरेका थिए । सबै सुझावहरुलाई टिपोट गरेर राखिएको र तीमध्ये हरेक व्यवहारिक सुझावलाई आधार बनाएर एशोसिएसनले आगामी कार्यक्रमहरु तय गर्ने जानकारी कार्यक्रमका संयोजक तथा एशोसिएसन अध्यक्ष लछुमन गुरुङले दिए । 

 

'हामीले अपेक्षा गरेभन्दा पनि अझ बृहत अन्तरक्रिया भयो ।  युवाहरु उत्साहपुर्ण रुपमा सहभागी बने, खुला रुपमा आफ्ना कुराहरु राखे',  कार्यक्रमपछि अध्यक्ष गुरुङले सुनाए, 'युवाहरुमा धेरै सम्भावना रहंदा रहंदै पनि उनीहरुका मुद्धा हाम्रो समुदायमा कतै ओझेलमा परेका हुन कि जस्तो महसुस भयो । युवाहरुको यीनै भावना र आवश्यकतालाई सम्म्बोधन गर्ने गरी मध्यस्थकर्ताको भुमिका निभाउन अब नेप्लिज युथ एशोसिएसन प्रतिबद्ध भएर लाग्नेछ ।'

 

  

कार्यक्रममा लण्डन मेट्रोपोलिटन प्रहरीअन्तर्गत एल्थाम स्टेसनको युथ इंगेजमेन्ट टिमका दुई अफिसरहरुले पनि एक प्रिजेन्टेसन गरेका थिए । विभिन्न अपराध तथा दुव्यर्सनहरुमा युवाको संलग्नता घटाउनेदेखि समुदायभित्रको अपराध न्युनिकरणमा युवाहरुसंग सहकार्य गर्नेसम्मका कार्य प्रहरीको प्राथमिकतामा रहेको उनीहरुको भनाइ थियो । समुदायले भोगिरहेका विभिन्न अपराध तथा समस्याको समाधानका लागि नेप्लिज युथ एशोसिएसन जस्ता युवा समुहहरुसंग मिलेर काम गर्न प्रहरी ईच्छुक रहेको उनीहरुले बताए । 

 

कार्यक्रममा अध्यक्ष गुरुङले एशोसिएसनको पृष्ठभुमिदेखि हालसम्म गरेका विभिन्न गतिविधीहरुबारे जानकारी समेटेर एक पावरपोइन्ट प्रिजेन्टेसन गरेका थिए । 

 

कार्यक्रममा नेप्लिज युथ एशोसिएसन यूकेका संस्थापक अध्यक्ष ह्यारी गुरुङ, एनआरएन यूकेका उपाध्यक्ष ललितकुमार न्यौपाने, बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, डायमण्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरुङ , तमु धिं साउथ ईस्टका अध्यक्ष हिराप्रसाद गुरुङ, डार्टफोर्ड नेपाली कम्युनिटी अध्यक्ष दिपक थापा, प्रतिभा नक्षेत्रका संस्थापक राजेन्द्र खस लगायतका समुदायका अगुवाहरुको पनि सहभागिता थियो । 

 

 

युवाका कुरा सुन्ने मुख्य लक्ष्यसहित आयोजना गरिएको युथ कन्फरेन्समा अतिथिका रुपमा सहभागी समुदायका अगुवा तथा गैरयुवाहरुको पनि सक्रिय सहभागिता देखिन्थ्यो । आफ्ना बाबु सुमलकुमार गुरुङसंगै कार्यक्रममा सहभागी नेप्लिज युथ एशोसिएन यूकेका उपाध्यक्ष डा सुदर्शन गुरुङले भने, 'युवाका कुराहरु सुन्न मात्र नभएर अघिल्लो पुस्ताको धारणा बुझ्न, उहांहरुसंग हाम्रो भावना शेयर गर्न समेत कार्यक्रम उपलब्धीमुलक रह्यो भन्ने हामीलाई लागेको छ ।' 

 

कार्यक्रमको सहसंयोजन तथा सञ्चालन एशोसिएसनका महासचिव रञ्जना राई र कोषाध्यक्ष समिर गुरुङले गरेका थिए । 

 


थप समाचार

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

  • 11 minutes ago
रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

  • 26 minutes ago
म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

बेनी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो

फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

  • 47 minutes ago
फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

एजेन्सी । अमेरिकी चर्चित टेलिभिजन पर्सनालिटी काइली जेनरलाई लिएर नयाँ विवाद सिर्जना भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।