प्रज्ञा-प्रतिष्ठानकाे कुलपतिमा दाेहाेरिए उप्रेती

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन् । 

 

प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज नियुक्त गरेका हुन । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति थिए भने त्यसअघिको कार्यकालमा उपकुलपति थिए । 

 

प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा. जगतप्रसाद उपाध्याय नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिशमा उक्त नियुक्ति भएको हो । 

 

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरूको आजै शपथग्रहण हुने जानकारी दिए । 

 

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिकपत्र नआइसकेको भए पनि नियुक्तिको प्रक्रिया सुरु भएको बताए । 

 

अन्य प्राज्ञ परिषद् सदस्यको नियुक्तिको पनि तयारी गरिएको छ । तीन वटै प्रज्ञा–प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएका थिए ।


थप समाचार

आज राति राति १०ः४५ बजेदेखि बिहान ५ः४५ बजेसम्म मृगशिरा उल्का वर्षा

  • 9 hours ago
आज राति राति १०ः४५ बजेदेखि  बिहान ५ः४५ बजेसम्म मृगशिरा उल्का वर्षा

हेलीको पुच्छेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ ।

बस दुर्घटनामा ३२ घाइते

  • 9 hours ago
बस दुर्घटनामा ३२ घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

  • 9 hours ago
नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।