प्रज्ञाकाे कुलपतिमा दाेहाेरिएका उप्रेतीले लिए सपथ

फाइल फाेटाे

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष उक्त प्रतिष्ठानका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

 

उप्रेती आजै उक्त पदमा नियुक्त भएका हुन् । सोही अवसरमा कुलपति उप्रेतीले नवनियुक्त सदस्यसचिव जगप्रसाद उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराए ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई वर्तमान परिवर्तित समयअनुसार गतिशील र आधुनिक बनाउन आग्रह गर्दै असाधारण प्रकृतिका कला, संस्कृति, मूल्य र मान्यतालाई संरक्षण गर्न नेतृत्व तहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

 

उनले प्रतिष्ठानले कृति प्रकाशनको सङ्ख्या वृद्धिभन्दा पनि गुणात्मक सिर्जना प्रकाशनमा ध्यान दिन तथा संस्थाको गरिमा र मर्यादा बढाउन पनि सुझाव दिए । 

 

प्रतिष्ठाननलाई विवादरहित बनाई सबै विधा र पक्षको विकास गरी त्यसलाई सांस्कृतिक रुपान्तरणमा लाग्न पनि उनले निर्देशन दिए ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत अन्य पदाधिकारीको सो अवसरमा सहभागिता थियो ।


थप समाचार

स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

  • 4 hours ago
स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।

खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

  • 5 hours ago
खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

आठ कम्पनीको ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७४५ कित्ता हकप्रद शेयर जारी गर्ने भएका छन् । हकप्रद जारी गर्न अनुमति मागेको कम्पनीमध्ये अपी कम्पनी पावर कम्पनीले सबै



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।