सेनामा रथी बढुवाको खेल

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खानेहरुको छानबिन गर्ने भएका छन् । उनले सेनाभित्रको नक्कली प्रमाणपत्र पेश गर्नेहरुको विवरण मागिसकेका छन् । 

 

नक्कली प्रमाणपत्रधारीहरुको छानबिन हुनेभएपछि सेनाभित्र त्यस्ता प्रमाणपत्र पेश गर्नेहरुको रुवाबासी सुरु भएको छ । 

सेनाभित्र नक्कली प्रमाणपत्र पेश गरी जागिर खानेहरुमा उपरथी अनुजबहादुर बस्नेतको समेत नाम मुछिएको छ । उनले आइकम पास गरेको प्रमाणपत्र नक्कली पेश गरी सेकेन्ड लेफ्टिनेन्टमा भर्ना भएकोबारेमा सेनाभित्र उजुरी परेको छ ।

 

नागरिकता र प्रमाणपत्र विवादमा परेका उपरथी अनुजबहादुर बस्नेत रती बढुजाका दाबेदार हुन् । उनैको कारण रिक्त रथी पदमा बढुवा हुन बिलम्ब भइरहेको छ । उपरथी बस्नेतमाथि नागरिकतामा जन्ममिति समेत सच्याइएको आरोप लागेको छ । स्रोतका अनुसार बस्नेतले काठमाडौंमा एसएलसी पास गर्न नसकेपछि पिता कार्यरत रहेको मोरङको स्वास्थ्य कार्यालयमा जागिर खाएका थिए । उनले मोरङबाटै पुनः एसएलसी दिएर पास गरे । काठमाडौं क्षेत्रपाटीका बासिन्दा बस्नेत पब्लिक युथ क्याम्पसमा आई.कममा भर्ना भए । तर उनी फेल भए । सेमेष्टर सिष्टम भएकोले हातले लेखिएको नक्कली प्रमाणपत्र राखी सेकेन्ड लेफ्टिनेन्टमा भर्ना भए । धर्मपालवरसिंह थापा सेनापति भएको बेला उनमा प्रधानसेनापति भएको बेला उनमा प्रधानसेनापति बन्ने रहर पलायो । तर उमेर बाधक भएपछि उनले आफ्नो नागरिकतामा उमेर मेटाइ नयाँ नागरिकता अनुसार नयाँ जन्ममिति कायम गर्ने अभियान सुरु गरे । आजको दृष्टि साप्ताहिकबाट । 

 


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 29 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 31 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 41 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।