Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालभूकम्प: रुकुम पश्चिममा ३० जना उपचारपछि घर फर्किए

भूकम्प: रुकुम पश्चिममा ३० जना उपचारपछि घर फर्किए


रुकुम । भूकम्पमा परी घाइते भएका यहाँका ३० जना उपचारपछि घर पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट ३० जना उपचारपछि घर पठाइएको जानकारी दिए ।

हाल ४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको उनले जानकारी दिए । उनका अनुसार भूकम्पका कारण जिल्लामा ३८ जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको हो ।

हाल पनि घाइतेको उद्धार र खोजी जारी रहेकाले घाइते र मृतकको सङ्ख्या थप बढ्न सक्ने बताए । उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट हुँदै रुकुमपश्चिमको चौरजहारी अस्पतालमा पुगिसकेका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

झापामा बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार ३ युवकको मृत्यु

काठमाडौँ । झापामा बुधबार बिहान बोलेरो र मोटरसाईकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। बिहान साढे पाँच बजे पूर्वपश्चिम

कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच

महाभूकम्पको ९ वर्ष पूरा

काठमाडौँ । आज बैशाख १२ गते । २०७२ सालमा आज कै दिन महाभूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र विन्दु

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

Techie IT