IIMS College

ISMT

HUB Education

सेनामा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन गर्न मन्त्रालय प्रतिबद्ध

  • सोमबार, ५ फागुन, २०७६
  • 1 month ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । यस वर्षको पृतनापति समन्वयात्मक बैठक आइतबारदेखि सैनिक मुख्यालय जङ्गी अड्डामा शुरु भएको छ । पछिल्ला वर्षमा सेना दिवसको पूर्वसन्ध्यामा यो बैठक हुँदै आएको छ ।

 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेले तीनदिने उक्त बैठकको शुभारम्भ गर्दै सेनामा आन्तरिकरूपमा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन कार्यमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

 

नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन, भर्ना छनोटमा देखिने अनियमितता छानबिन र कारवाही, आर्थिक अपचलन अनुगमन कार्यले नेपाली सेनामा दीर्घकालीन एवं सकारात्मक प्रभाव पार्ने बताउँदै उनले  नैतिक चरित्र तथा जनताप्रति उत्तरदायी सेना भएको देशले कहिल्यै कसैसँग डराउनु पर्दैन भने ।

 

अनावश्यक तथा अनधिकृत चलखेल, भनसुन तथा प्रचारबाजीमा विश्वास नगर्न निर्देशन दिँदै रक्षामन्त्री पोखरेलले भने, “सेनाले आफ्नो स्थापनाकालदेखि हालसम्म राष्ट्रिय सुरक्षा तथा विकास निर्माणमा पुर्याएको योगदान प्रशंसनीय छ,  नीति योजना र भावी कार्यक्रम तर्जुमा र कार्यान्वयनमा मन्त्रालयको साथ र सहयोग रहन्छ ।

 

प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै तहका कमान्डरको काम कारवाही पारदर्शी, नैतिक, पदीय दायित्व, जवाफदेही, उत्तरदायी प्रणाली र पद्धति स्थापित गर्न सहयोगी हुन आवश्यक रहेको बताए ।

 

बलाधिकृत रथी शरदकुमार गिरीले वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सेनालाई समयसापेक्ष थप सक्षम, व्यावसायिक, स्रोतसाधन सम्पन्न, आधुनिक प्रविधियुक्त तथा उच्च मनोबल भएको सेनामा रूपान्तरण गर्ने परिकल्पनासहित सेनाले दीर्घकालीन सोच अघि बढाइरहेको बताउनुभयो । बैठकमा पृतनापति र विभागीय प्रमुखले आ–आफ्नो क्षेत्रको समग्र शान्तिसुरक्षाको अवस्था र भावी रणनीतिका बारे विस्तृतरूपमा जानकारी प्रस्तुत गर्नेछन् । 

 

उक्त बैठकबाट प्राप्त सुझावका आधारमा सेनाले नीति तथा योजना अघि बढाउने जानकारी दिएको छ ।


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 26 minutes ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 37 minutes ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 1 hour ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।