नेपाली सेना भारतमा हुने सैन्य अभ्यासमा सहभागी नहुने

काठमाडौं । नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ । 

 

सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । 

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले बिम्स्टेक शिखर सम्मेलनका क्रममा कुनै पनि तहमा संयुक्त सैनिक अभ्यास सम्बन्धी छलफल र निर्णय नभएको प्रतिक्रिया दिएका छन् । 

 

शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अभ्यास सम्बन्धी कुरा उठाएका थिए । 

 

उक्त अभ्यासको तयारीका सन्दर्भमा सेनाको तीन सदस्यीय टोली भने केही दिनअघि नै त्यहाँ पुगिसकेको थियो ।

 

बिम्स्टेक स्थापनाको उद्देश्य विपरीत संयुक्त अभ्यास हुन लागेको भनी आलोचना भएपछि सरकारले सेनालाई उक्त अभ्यासमा सहभागी नहुन निर्देशन दिएको हो । 


थप समाचार

सुन र चाँदीको मूल्य स्थिर

  • 7 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौँ । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन (बिहीबार कै मूल्य) तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्वार्डीवालाले गरे म्यानचेस्टर सिटीको ८१२ मिलियन युरो खर्च, उपलब्धि बालुवामा पानी बराबर

  • 23 minutes ago
ग्वार्डीवालाले गरे म्यानचेस्टर सिटीको ८१२ मिलियन युरो खर्च, उपलब्धि बालुवामा पानी बराबर

एजेन्सी । यस सिजन च्याम्पियन्स लिग म्यानचेस्टर सिटीले जित्ने अनुमान गरिएको थियो । तर, टोटनहमसँग पराजित भएपछि पेप ग्वार्डीवामाथि प्रश्नहरुको बाणहरु तेर्सिएका छन् ।

‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

  • 36 minutes ago
‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा बार्सिलोना र लिभरपुल आमने सामने गर्दैछन् । घरेलु लिग लिडर रहेका दुवै टोलीलाई च्याम्पियन्स लिगको दाबेदार मानिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस ।

विचित्र विश्व

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

एजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।