नेपाली सेनाभित्र चलेकाे बीएमअार्इ अातंक के हाे ?

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 3 months ago
  • नेपाल

काठमाण्डौ । नेपाली सेनामा अहिले बीएमआई चर्चाको विषय बनेको छ । सामान्यतया बीएमआई भनेको अङ्ग्रेजीमा Body Mass Index को संक्षिप्त रूप हो । यसलाई स्वास्थ्य विज्ञानको क्षेत्रमा शारीरिक स्वास्थ्यको एउटा सूचक मान्ने गरिन्छ ।

 

बीएमआईले व्यक्तिको उमेर र उचाई अनुसार हुनुपर्ने वजन (तौल)को अनुपातलाई दर्शाउँछ । अर्थात् उमेर र उचाईको अनुपातमा कसैको वजन बढी अथवा घटी छ भने बीएमआईले त्यसलाई स्वस्थताको परिचायक मान्दैन । 

 

हाल आएर यहि स्वास्थ्य सूचकलाई नेपाली सेनाभित्र प्रमोशन सहितका अन्य सुविधा वृद्धिको आधार आधार बनाउने चर्चा चल्न थालेपछि सेनाभित्र अहिले बीएमआई चर्चाको विषय भएको हो । 

 

सेनामा बीएमआई लागू भएपछि प्रमोशन सहितका सुविधाहरू पाउन उमेर र उचाईअनुसार वजन (तौल) हुनुपर्ने छ । तर नेपाली सेनामा यो कहिलेदेखि लागू हुन्छ ? बीएमआई नियम सबैलाई लागू हुन्छ कि कसैलाई रोक्नको लागि मात्रै लागू हुन्छ ? सेनाभित्र अहिले यो प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ ।

 

यो नियमको परिकल्पनाकारका रूपमा अहिले नेपाली सेनाका जर्नेल शरद गिरीको नाम चर्चामा छ । सेनाको हेर्डक्वार्टरभित्र कार्यरत अन्य जर्नेलहरूका अनुसार जर्नेल शरद गिरी त्यस्ता पात्र हुन् जो सेनाभित्र ठूलै गेम खेल्ने मान्छेको रूपमा चिनिन्छन् ।

 

त्यसैकारण आफ्नो मान्छे माथि तान्न र बाटो सफा गर्नको लागि बीएमआई नियम ल्याइएको हुनसक्ने आंशका समेत सेनाभित्र चल्न थालेको छ । साँघु साप्ताहिकबाट ।


थप समाचार

नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

  • 1 hour ago
नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

लण्डन । बेलायतमा कार्यरत एक नेपाली ईञ्जिनियर रामहरि पौडेलले नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिएका छन् ।

बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

  • 2 hours ago
बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

भारतका चर्चित आध्यात्मिक गुरु रवि शंकरले स्थापना गरेको 'आर्ट अफ लिभिङ' फाउण्डेसन नेपालका पूर्व महासचिव तुलसीप्रसाद उप्रेतीले कार्यक्रमका सहभागीहरुलाई जीवनमा खुशी र आनन्दित कसरी बन्ने भन्ने विषयमा प्रव

एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

  • 5 hours ago
एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादल, कानुनमन्त्री भानुभक्त ढकाल, नेकपा सांसद डा सुर्य पाठक, कांग्रेस सांसद गगन थापा, राष्ट्रियसभाका



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।