राँझा चाेकमा राखिएकाे केट्ली बम नेपाली सेनाद्वारा निष्क्रिय

सांकेतिक तस्वीर

बाँके । विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

 

बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो । 

 

बम राखेको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले नेपाली सेनालाई जानकारी गराएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । 

 

कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाएको उनले जानकारी दिए । बम राखेको हल्लाले विभिन्न स्थानमा जानका लागि विमानस्थल पुगेका यात्रु, राँझा चोकलगायत आसपासका क्षेत्रमा त्रास फैलिएको थियो । 

 

बन्दका कारण बाँकेमा शिक्षण संस्था बन्द रहेका छन् भने लामो दूरीका सवारीसाधन चलेका छैनन् । नेपालगञ्जमा छोटो दूरीका सवारीसाधन र पसल व्यवसाय आंशिकरुपमा खुलेका छन् । 

 

सरकारले दुई दिनअघि घोषितरुपमै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि बम विष्फोटका घटनामा वृद्धि भइरहेका छन् । 


थप समाचार

गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

  • 1 hour ago
गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

  • 1 hour ago
काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकल

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

  • 1 hour ago
सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

विचित्र विश्व

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।