Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसरिता र सविनको स्वरमा आयो जिस्केर मस्केर…

सरिता र सविनको स्वरमा आयो जिस्केर मस्केर…


काठमाडौँ। गीतकार डब्बु क्षत्रीको रचना तथा संगीतकार दीपक शर्माको संगीतमा नयाँ लोकगीत ‘जिस्केर मस्केर…’को भिडियो बजारमा आएको छ। यो गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानलबाट यतिबेला रिलिज गरिएको छ।

यो गीतलाई गायक सविन सुवेदी र गायिका सरिता भारतीले गाएका हुन् । गीतको संगीत संयोजन पनि सविनले नै गरेका हुन्। यो गीत आर्टोम्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको हो।

सिन्धुलीको कमलाखोँचमा प्रचलित झ्यारे भाकालाई सँकलन गरेर यो गीत बनाएको यसका गीतकार डब्बु क्षत्रीले बताएका छन्।

बिलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका सरिता भारतीको अभिनय रहेको छ। गीतको भिडियोको छायाँकन ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीमा गरिएको हो। यसरी हिमालदेखि तराईसम्म छायाँकन गरिएको यो गीतमा ताप्लेजुङको पाथीभरा देवि, कन्याम र झापाको चियाबगन, सिन्धुली र उदयपुरको चुरेको सुन्दरतालाई यो भिडियोमा कैद गरिएको छ । भिडियोमा सरिता र प्रवणको अभिनय राम्रो छ।

यो गीतको भिडियोलाई चलचित्र निर्देशक माधवराज खरेलले निर्देशन गरेका हुन्। यो गीतको भिडियोमा तिलक रिजालको छायाँकन, विकाश राउतको ड्रोन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा रँग सँयोजन रहेको छ। गीतले दर्शकबाट यतिबेला राम्रो प्रतिक्रिया पाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT