नेकपाले एसिया महादेशीय मार्क्सवादी प्रशिक्षण सञ्चालन गर्ने

Education Park

काठमाडौं । नेकपाले नेपालमा एसिया महादेशीय कम्युनिस्ट प्रशिक्षण (स्कुल) चलाउने भएको छ । नेकपाले मदन भण्डारी एसियन स्कुल अफ मार्क्सिजम नाममा स्कुल सञ्चालन गर्ने भएको हो ।

 

साम्राज्यवादविरोधी मार्क्सवादी कम्युनिस्ट पार्टीहरूले हरेक महादेशमा यस्तो स्कुल चलाउँदै आएका छन् । युरोपमा स्पेन, अफ्रिकामा टियुनिसिया र जाम्बियामा यस्तो स्कुल सञ्चालन हुँदै आएको छ । एसियामा भने नेपालले सञ्चालन तयारी थालेको हो ।

 

नेकपाका वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेपाली टोलीको ब्राजिल भ्रमणका क्रममा त्यस्तो निर्णय भएको भ्रमण दलमै रहेका नेकपा केन्द्रीय सदस्य बलराम बास्कोटाले बताए ।

 

ब्राजिल भ्रमणमा रहेका नेताहरूले त्यहाँ एमएसटीले सन् २००६ बाट सञ्चालन गदै आएको स्कुलबारे पनि अध्ययन गरेर फर्किएका थिए ।

 

ब्राजिलको उक्त स्कुलमा ल्याटिन अमेरिकी मुलुकसहित विश्वका विभिन्न देशका वामपन्थी पार्टीका ४२ हजार नेता–कार्यकर्ता सहभागी भइसकेका छन् ।

 

‘हामीले पनि एसियामा महादेशीयस्तरको स्कुल सञ्चालन गर्न लागेका छौं,’ बास्कोटाले भने, ‘ब्राजिल भ्रमणका क्रममा हामीले त्यहाँको स्कुलको स्थलगत अवलोकन र अध्ययन समेत गरेर फर्केका छौं ।’

 

एसियामा चीन, भियतनामका कम्युनिस्ट पार्टी शक्तिशाली भए पनि यस्तो स्कुल सञ्चालनमा नेकपाले चासो देखाएको हो । भारत, श्रीलंका र बंगलादेशका कम्युनिस्ट पार्टीहरूले स्कुल सञ्चालनमा चासो देखाएका थिए । तर, चार महिनाअघि ती देशहरूले नेपाललाई सञ्चालन सहमति दिएका थिए ।नेपालले आगामी भदौं ११ देखि ३१ सम्म ९अगस्ट २७ देखि सेप्टेम्बर १६ सम्म० तीन साता त्यस्तो स्कुल सञ्चालन गर्दैछ ।‘हामीले तीन साताको प्रयोगात्मक आवसीय स्कुुल सञ्चालनको कार्यतालिका नै बनाइसकेका छौं’, बास्कोटाले भने, ‘भक्तपुर खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवनमा हामी त्यस्तो स्कुल चलाउँछौं ।’

 

स्कुल सञ्चालनको सम्पूर्ण तयारी नेकपाको अन्तराष्ट्रिय विभागले गर्नेछ । अहिले पनि नेकपाका प्रतिनिधिका रूपमा कृष्ण बजगाईं, गोकर्ण ज्ञवाली, ममता चौधरीलगायत ५ जना ब्राजिलमा अध्ययन गरिरहेका छन् । दुई महिने स्कुलका लागि उनीहरू दुई साताअघि मात्रै ब्राजिल पुगेका थिए । आजको अन्नपूर्ण पोस्ट्बाट । 

 


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 4 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 5 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 7 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।