नेकपाको साधारण सदस्यले २० र संगठित सदस्यले १०० रुपैयाँ लेबी बुझाउनुपर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा साधारण र संगठित सदस्य हुने भएको छ । अब साधारण सदस्यले प्रत्येक महिना २० र संगठित सदस्यले प्रत्येक महिना सय रुपैयाँ पार्टीलाई लेबी बुझाउनुपर्नेछ ।

 

(नेकपा) का महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तथा नियमावली कार्यदलले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरिएको हो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर बुझाइएको प्रतिवेदन पार्टीको निर्णयपछि कार्यान्वयनमा आउनेछ ।

 

(नेकपा) स्थायी कमिटी सदस्य एवं कार्यदल सदस्य बेदुराम भुसालले साधारण सदस्य एवं सांगठनिक सदस्यले प्र्रत्येक बर्ष फागुन र चैतमा नवीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको बताए । पार्टी एकीकरण भएको यो वर्षको नवीकरण भने ६ महिनाभित्र गर्नुपर्ने हुन्छ ।

 

एकीकरणअघि तत्कालीन एमालेले साधारण सदस्यबाट मासिक पाँच र संगठित सदस्यबाट वार्षिक ३ सय रुपैयाँ उठाउँदै आएको थियो । यसैगरी, तत्कालीन माओवादी केन्द्रले साधारण सदस्यबाट १० र संगठित सदस्यबाट ११० रुपैयाँ उठाउँदै आएको थियो ।

 

७ जेठमा भएको पार्टी सचिवालय बैठकले पार्टीको अन्तरिम विधानको अधीनमा रहेर महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदल सदस्यमा नेता देवप्रसाद गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा छन् । कार्यदल गठन भएको १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइए पनि कार्यदलले २४औं दिनमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा ११ अनुच्छेद र ३३ दफासहितको पार्टी सञ्चालन नियमावली रहेको छ । अध्यक्षद्वयलाई विधानको व्याख्यासहित प्रतिवेदन बुझाइएको भुसालले बताए ।

 

 

यसैगरी, पार्टीमा तीन शक्तिशाली आयोग व्यवस्था गर्न सुझाव दिइएको छ । यस्ता आयोग केन्द्र र प्रदेशमा समेत रहने व्यवस्था गरिएको छ । महाधिवेशनबाट निर्वाचित ती आयोगलाई स्वतन्त्र रूपमा कार्यसम्पादन गर्ने अधिकार हुनेछ ।

 

प्रतिवेदनमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखापरीक्षण आयोग गठन गर्न सुझाव दिइएको छ । यी तिनै आयोगमा अध्यक्ष, सचिव र २९ जना सदस्यसहित ३१ सदसिय रहने व्यवस्था गरिएको छ । आयोग अध्यक्षको हैसियत पार्टीमा स्थायी कमिटी, सचिवको पोलिटब्युरो र सदस्यको केन्द्रीय सदस्यसरह हुनेछ । आजको राजाधानी दैनिकबाट । 

 


थप समाचार

द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा

  • 46 seconds ago
द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा

रियाद, साउदी अरब । यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्

अस्ट्रेलियामा आतंकवादी आक्रमण गर्ने योजना बनाउँदै गर्दा तीन जना पक्राउ

  • 4 minutes ago
अस्ट्रेलियामा आतंकवादी आक्रमण गर्ने योजना बनाउँदै गर्दा तीन जना पक्राउ

मेलबोर्न । अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा मङ्गलबार बिहानै प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बेल्जियम जाने भएपछि विमल घर्तीमगरले 'ए' डिभिजन लिगका बाँकी खेल नखेल्ने

  • 10 minutes ago
बेल्जियम जाने भएपछि विमल घर्तीमगरले 'ए' डिभिजन लिगका बाँकी खेल नखेल्ने

काठमाडौँ । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।