IIMS College

ISMT

HUB Education

नेकपामा माधव नेपालको यस्तो अडान

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । पार्टी एकीकरणबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको अनौपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा गाँठो परेको छ।

 

जिल्ला कमिटीको नेतृत्व सुम्पने कुरामा पूर्वएमालेभित्रका ओली र नेपाल समूहबीच विवाद चर्केको हो । दुवै अध्यक्षले दिनहुँ कुराकानी गरिरहे पनि सहमति जुट्न सकेको छैन ।

 

नेपाल समूहले अहिले प्रस्तावित नाम जस्ताको तस्तै अनुमोदन गर्न खोजिए समानान्तर कमिटी बनाउनेसम्मको चेतावनी दिएपछि अध्यक्ष ओली र दाहाल झस्किएका छन् ।

 

मापदण्ड तय गरेर त्यसैका आधारमा व्यक्ति छनोट हुनुपर्ने नेपाल समूहको अडान छ ।

 

विगतमा एमालेको कार्यसमिति निर्वाचित भएकाले त्यसैको नेतृत्वलाई मान्यता दिनुपर्ने उक्त पक्षको धारणा हो । ‘अधिवेशनहरूबाट निर्वाचितलाई पाखा लगाउनु हुँदैन । जो वरिष्ठ छ त्यसैलाई राख्दै जानुपर्छ,’ नेपालनिकट स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘एउटै मापदण्डका आधारमा कमिटीहरू बनाउनुपर्छ।’

 

यो अडानलाई ओली समूहले भने नेपाल समूहको गुटगत स्वार्थका रूपमा बुझेको छ । दुवै पार्टीको एकता भएकाले निर्वाचितलाई मात्र नेतृत्व दिनुपर्ने तर्कले सबैलाई समेट्न नसकिने बुझाइ ओली पक्षको छ।

 

नेपाल समूहमा आफ्ना मान्छे मात्र घुसाउने प्रवृत्ति देखिएको ओली पक्षधरको आरोप छ । ओलीसँग निकट मानिने प्रदेश २ का इन्चार्जसमेत रहेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले शीर्ष नेताहरूको स्वार्थकै कारण एकता लम्बिएको बताए।

 

‘यो मान्छे र त्यो मान्छे भन्दै हिँड्नुहुन्छ अनि नेतृत्वलाई दोष दिन खोज्नुहन्छ, यही प्रवृत्तिले एकता हुन सकेको छैन,’ उनले भने।

 

समिति सदस्य देवेन्द्र पौडेलले पनि व्यक्ति छनोटमै समस्या परेकाले एकता लम्बिएको बताए । ‘पूर्वमाओवादीमा अहिले पनि अध्यक्ष दाहाल एक ठाउँमा उभिँदा निर्णय हुने अवस्था छ,’ उनले भने, ‘तर पूर्वएमालेमा केही नेता बसेर मिलाउनुपर्ने देखिन्छ।’

 

हाल सतहत्तरै जिल्ला कमिटीमा बस्ने नेताको नाम केन्द्रमा आइसकेको छ । त्यसमा कसलाई नेतृत्व सुम्पने भन्ने नै अहिलेको मुख्य विवाद हो।

 

‘हामीले नाम पठाएको धेरै भइसक्यो, विवाद नभएका स्थानमा घोषणा गरिदिनुस् भन्दा पनि गर्नुभएको छैन,’ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले भने, ‘जसरी पनि गुटबन्दी गर्ने, नेकपालाई अघि बढाउन नचाहने प्रवृत्ति देखिएको छ।’

 

उनले पार्टी एकताभित्रसमेट्नका लागि एउटै मापदण्डले मात्र नहुने भएकाले विभिन्न विकल्पलाई नेताहरूले स्वीकार्न सक्नुपर्ने बताए। आजको कान्तिपुरबाट ।


थप समाचार

विहिबार बेलायतमा मध्यावधि निर्वाचन : के होला ब्रेक्जिट ?

  • 35 minutes ago
विहिबार बेलायतमा मध्यावधि निर्वाचन : के होला ब्रेक्जिट ?

ब्रेक्जिटमा कायम ठूलो अन्योल र अलमललाई हटाएर यो निर्वाचनले ठोस दिशा प्रदान गर्ने अपेक्षा छ । हुन त राजनीतिक दलहरुले स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका विभिन्न क्षेत्रमा पनि प्रतिस्पर्धात्मक रुपमा आकर्

मिस वर्ल्डको शीर्ष ४० मा मिस नेपाल अनुष्का पनि

  • 45 minutes ago
मिस वर्ल्डको  शीर्ष ४० मा मिस नेपाल अनुष्का पनि

लण्डन । मिस नेपाल अनुष्का श्रेष्ठ लण्डनमाजारी मिस वर्ल्ड २०१९ को शीर्ष ४० मा छनौट भएकी छन् । हेड टू हेड च्यालेन्जको उत्कृष्ट १० मा छनौट हुँदै मिस वर्ल्ड प्रतिस्पर्धाको उत्कृष्ट ४० मा छनौट भएकी हुन् ।

आईएनईए अवार्डको तयारीमा ह्याब अ मोमेन्ट, के हो यो अवार्ड ?

  • 2 hours ago
आईएनईए अवार्डको तयारीमा ह्याब अ मोमेन्ट, के हो यो अवार्ड ?

नेपाली समुदायमा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान र हौसलाका लागि इन्टरनेसनल नेप्लिज एक्सिलेन्स (आईएनईए) अवार्ड कार्यक्रम गर्न लागिएको हो । आउँदो जनवरी ११ तारिख आइतबारका दिन



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

काउकुती लगाउँदा किन खुम्चिन्छ शरीर ?

काउकुती लगाउँदा किन खुम्चिन्छ शरीर ?

एजेन्सी । वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला । खासमा हाम्रो शरीरका केही हर्मोन्स र संवेदनशीलताका कारण काउकुती लाग्छ । हाम्रो छालाको सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ र त्यो कैयौं नसाहरूसँग जोडिएको हुन्छ ।