IIMS College

ISMT

HUB Education

सत्तारुढ नेकपाका नेताहरूभित्र को ठूलो भनेर टलस शुरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । कम्युनिस्ट पार्टीका नेताहरूभित्रै कतिसम्म प्रतिस्पर्धा र इगो हुन्छ भन्ने कुरा संसद सचिवालयमा खिएको छ । सत्तारुढ नेकपाका नेताहरूभित्रै को ठूलो भनेर टलस शुरु भएको   छ   ।   एमाले   पृष्ठभूमि   भएका  राष्ट्रियसभाका   अध्यक्ष गणेशराज   तिमिल्सिना   र   सचिव   राजेन्द्र   फुयाँल   तथा पूर्व   माओवादी   नेता   एवम्   प्रतिनिधिसभाका   सभामुख कृष्णबहादुर महरा र सचिव गोपालनाथ योगीबीच पछिल्लो समय विवाद देखिएको छ । 

 

उनीहरूबीच क्षेत्राधिकार र अस्तित्वलाई लिएर ठूलो विवाद छ । कानूनअनुसार   प्रतिनिधिसभाका   सभामुख   नै   अगाडि   र   ठूलो मानिन्छन्   ।   तर,   राष्ट्रिय   सभाका   अध्यक्ष   तिमिल्सिना   र   सचिव फुयाँलको   व्यक्तिगत   इगोका   कारण   संसद   सचिवालयभित्र समस्या देखिएको एक कर्मचारीले बताए । 

 

अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले १६ गतेको संसद अधिवेशन एकै ठाउँमा बस्न नदिने भएका छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार वैशाख १६ गते अपरान्ह ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अलग–अलग बोलाइएको छ । 

 

कानूनी व्यवस्थाअनुसार दुबै सदनको बैठक संयुक्त रुपमा बोलाइनु पर्ने थियो । तर, त्यसो भएन । सभामुख महरा भन्दा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँल हाबी भइरहेका छन् । माओवादी पृष्ठभूमि भएका महराले केही गर्न नसकेको भनेर विरोध हुँदै आएको छ ।

 

पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको दवावमा महरा पनि केही कठोर कदम चल्ने पक्षमा छैनन् । राष्ट्रियसभाका अध्यक्ष र सचिवको दवावमा ठूलो घोटाला भएको आरोप पनि लागेको छ । कार्यकक्ष बनाउने विषयमा सार्वजनिक खरिद   ऐन   विपरित   काम   गरेको   भन्दै   उजुरी   परेपछि अख्तियारले समेत पत्र पठाएर छानविनको दायरामा राखेको छ ।

 

मर्मत खर्चको पैसा अध्यक्ष र सचिवले अर्थमन्त्रालयसँग ताकेता गरेर माग गरिरहेका छन् ।राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले यसअघि संसद   सचिवालयका   कर्मचारीहरूको   सरुवा   र   बढुवामा   पनि   सिधै

हस्तक्षेप   गरेका   थिए   ।   उनीहरूको   आदेश   पालना   नगर्ने   कर्मचारीहरूलाई   समायोजनमा   फारम   नभर्दा   पनि जबरजस्ती समायोजनमा पारिएको छ ।

 

 अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले कानून विपरितका कार्य र हर्कत गर्दा समेत महराले कुनै   पनि   कदम   चाल्न   नसक्नुमा   कमजोरीका   रुपमा कर्मचारीहरूले लिएका छन् । स्रोतका अनुसार अध्यक्ष तिमिल्सिना र फुयाँलले   मनपरी   गरेर   हैरान   बनाएको   उजुरी   सभामुख महरासम्म पुगेको छ । महरा पनि दोधारमा परेका छन् । आज प्रकाशित युनाइटेड पोष्टबाट ।


थप समाचार

नक्कली बोइफ्रेन्ड !

  • 2 minutes ago
नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

  • 12 minutes ago
यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं ।

पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

  • 19 minutes ago
पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं । यसै महत्वपुर्ण अंगको सुरक्षा कसरी गर्न सकिन्छ भनेर आज जानकारी लिऔं ।

विचित्र विश्व

नक्कली बोइफ्रेन्ड !

नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।