नेकपाद्वारा यसरी असन्तुष्ट नेताहरुको माग सम्बोधन

काठमाडौं । नेकपाले पार्टीभित्रै असन्तुष्ट बनेका नेताहरूको माग विधान तथा नियमावलीमै समेटेर सम्बोधन गरेको छ । साविक पूर्व पार्टीका केही वरिष्ठ नेतालाई एकता प्रक्रियाका क्रममा ‘आमन्त्रित स्थायी समिति सदस्य’ बनाएपछि उनीहरू असन्तुष्ट थिए ।

 

साविक पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, अमिक शेरचनलगायत नेतालाई एकता प्रक्रियाको क्रममा ‘आमन्त्रित स्थायी समिति सदस्य’ मा समेटेपछि उनीहरूले पार्टी शीर्ष नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका थिए ।

 

बोहोराले पार्टी बैठकमा सहभागी भए पनि निर्णयपुस्तिकामा हस्ताक्षर गरेका थिएनन् भने शेरचन पार्टी बैठकमै गएका छैनन् । पार्टी अध्यक्षद्वय केपी ओली तथा पुष्पकमल दाहालले अन्तिम निर्णय गरी महासचिव विष्णु पौडेलमार्फत छपाइका लागि शुक्रबार प्रेसमा पठाइएको विधान तथा नियमावलीमा भने अब नेताद्वयको पदीय जिम्मेवारीमा ‘आमन्त्रित सदस्य’ नरहने गरी माग सम्बोधन गरिएको एक नेताले जानकारी दिए । ‘अब आमन्त्रित सदस्य रहेका नेताहरूको जिम्मेवारीसहित पद उल्लेख हुनेछ, आमन्त्रित सदस्य भनिँदैन’, ती नेताले भने । साविक एमालेकोे विधानमा पनि स्थायी समिति बैठकमा बोहोरा पदेन सदस्य (अनुशासन आयोगका अध्यक्ष)का रूपमा सहभागी हुने गरेका थिए ।

 

‘आमन्त्रित सदस्यका रूपमा हुँदै नभएको व्यवस्था गर्न खोजेपछि हामीले असहमति जनाएका हौं । स्थायी समिति बैठकमा अध्यक्षद्वयले नै तपाईंहरूको कुरा विधि र प्रक्रियामा सही रहेको र विधान फाइनल गर्दा सम्बोधन गर्छौं भन्नुभएको थियो’, नेता बोहोराले भने, ‘विधानको सबै पक्ष हेर्न पाएको छैन, छापिएपछि हेरौंला, नेताहरूमाथि अविश्वास गर्नुपर्ने ठाउँ नहोला ।’

 

नेकपाले साविकका पूर्ववत पार्टीका केन्द्रीय आयोगका नेताहरूले राख्दै आएको असन्तुष्टि पनि विधान छाप्न पठाउनुअघि सम्बोधन गरेका छन् । विधानमा व्यवस्था गर्न खोजेको केन्द्रीय आयोगको संख्यामा नेताहरूले असन्तुष्टि जनाएका थिए । विधान मस्यौदा कमिटीले सुरुमा केन्द्रमा रहने तीन आयोग ९केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग०को सदस्य संख्या ३१ बनाउने उल्लेख गरेको थियो । तर दुई अध्यक्ष (ओलीदाहाल)ले स्वायत्त रहने केन्द्रीय तीन आयोगको सदस्य संख्या जम्बो नभई चुस्त वनाउने भन्दै ९ सदस्यीय बनाउने निर्णय गरेका थिए ।

 

अध्यक्षद्वयको निर्णयबाट असन्तुष्ट नेताहरुले आयोग स्वायत्त हुनुपर्ने, शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा रहनुपर्ने र महाधिवेशनप्रति उत्तरदायी हुनुपर्ने माग गर्दै आएका थिए । एकता प्रक्रियामा भएकाले संख्या बढाउनु पर्ने माग नेताहरूबाटै आएपछि अध्यक्षद्वय अप्ठ्यारोमा परेका थिए । अहिले दुई अध्यक्षले मध्यमार्गी बाटोका रूपमा विधानमा नै केन्द्रीय आयोगमा सदस्य संख्या थपिएको छ । अब केन्द्र्रीय आयोग अध्यक्ष, सचिव र सदस्य गरी ३१ सदस्यीय हुनेछ । अध्यक्षको स्थायी समिति, सचिवको पोलिटब्युरो र सदस्यहरूको केन्द्रीय सदस्यसरह हैसियत रहनेछ । आजको अन्नपूर्ण पोस्ट्बाट । 


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 53 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 1 hour ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 1 hour ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।