नेकपाका अध्यक्षद्वयलाई आआफनै पूर्ववतः पार्टी कार्यालय नै प्यारो

काठमाडौं । नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एक भएको ८३ दिन पुगिसक्दा पनि एउटै छानोमुनि केन्द्रीय कार्यालय सञ्चालन गर्न सकेका छैनन्। शीर्ष नेता कार्यकर्ता भेट्न कहिले धुम्बाराही त कहिले पेरिसडाँडा पुग्ने गरेका छन्।

 

दुवैतिरका केन्द्रीय कार्यालय समानान्तर रुपमा सञ्चालन हुँदा काममा अन्योल देखा परेको छ। दुवै कार्यलयमा पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलका आआफनै कार्यकक्ष छन्। महासचिव पौडेल बेलाबखत् दुवैतिरका कार्यालयमा पुगे पनि अध्यक्षद्वय (ओलीदाहाल) लाई भने अहिलेसम्म आआफनै पूर्ववतः पार्टी कार्यालय नै प्यारो लागिरहेको छ।

 

नेकपाले आन्तरिक पार्टी सर्कुलरमा धुम्बाराही कार्यालयलाई केन्द्रीय सचिवालय र पेरिसडाँडालाई केन्द्रीय विभागको कार्यालय बनाउने उल्लेख छ। तर यसरी दुवैतर्फ कार्यालय सञ्चालन गर्दा पार्टी काम प्रभावकारी नहुने मात्र होइन, पार्टीका दर्ता चलानी, लेखा प्रणालीमा समस्या आइरहेको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा कार्यरत नेकपा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले बताए। ‘एउटै छानोमुनि पार्टी केन्द्रीय कार्यालय सञ्चालन नहुँदा एकताको भाव सम्प्रेषणमा समस्या देखिएकै छ,’ उपाध्यायले अन्नपूर्णसँग भने, ‘अर्कोतर्फ प्राविधिक काममा पनि उत्तिकै अप्ठायारो छ।’

 

धुम्बाराहीस्थित कार्यालय केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको कमाण्डमा छ भने पेरिसडाँडास्थित कार्यालय केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीको। पार्टी एकताको झण्डै तीन महिना पुग्न लाग्दासम्म एकअर्को केन्द्रीय कार्यालयका कर्मचारीबीच चिनजान समेत नदेखिएपछि महासचिव पौडेलले सोमबार परिचयात्मक कार्यक्रम राखेका थिए। ‘एकअर्काको परिचय, कामको प्रकृतिलगायतका विषयमा केन्द्रित रहेर परिचयात्मक काम सोमबार मात्र भएको छ,’ उपाध्यायले भने। धुम्बाराही कार्यालयमा नेकपाका १६ र पेरिसडाँडामा १४ जना कर्मचारी कार्यरत छन्।

 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्षले महिनाको १ गते धुम्बाराही र १५ गते पेरिसडाँडाबाट नेताकार्यकर्ताको गुनासो सुन्ने योजना बनाएका छन्। धुम्बाराहीबाट ओलीले एकपटक त्यस्तो गुनासो सुनेर सम्बोधनसमेत गरे। तर पेरिसडाँडामा भने उनले १५ साउनको तोकिएको कार्यक्रम अन्तिम समयमा कार्यव्यस्तता देखाउँदै स्थगित गरेका थिए। आजको अन्नपूर्ण पोस्ट्बाट । 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 1 hour ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 1 hour ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 1 hour ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।