नेकपामा जनप्रतिनिधिले कार्यकारी जिम्मेवारी नपाउने

काठमाडौं । नेकपाले कुनै पनि तहका जनप्रतिनिधिलाई दोहोरो जिम्मेवारी नदिने भएको छ । केन्द्र र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई कार्यकारी जिम्मेवारी नदिने गरी नेकपाले पार्टीको सांगठिनक संरचना निर्माण गर्ने भएको छ । दुई कम्युनिस्ट पार्टीबीच केन्द्रीय समितिको एकता भए पनि तल्लो तहमा एकता भइनसकेको सन्दर्भमा नेकपा सचिवालय बैठकले कार्यकारी भूमिकामा रहेका नेताहरूलाई दोहोरो जिम्मेवारी नदिने गरी कार्यविधि टुंग्याएको हो ।

 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले संघीय तथा प्रदेशसभाका मन्त्री, पदाधिकारी, समिति सभापतिदेखि सांसदसम्म र स्थानीय तहका प्रमुख र उपप्रमुखसम्मलाई पार्टीको कार्यकारी जिम्मेवारी ९अध्यक्ष र सचिव०को जिम्मेवारी नदिने कार्यविधि बनाएको हो । नेकपाले केन्द्रीय समितिबाहेक अन्य पार्टी कमिटीमा अध्यक्ष र सचिव मात्र पदाधिकारी रहने गरी विधान बनाएको थियो ।

 

बिहीबार सचिवालयले तय गरेको कार्यविधिले प्रदेश कमिटी, जिल्ला कमिटीदेखि अन्य तल्ला कमिटीको अध्यक्ष र सचिव ताक्दै बसेका सांसददेखि स्थानीय तहका जनप्रतिनिधिलाई समेत अंकुश लगाएको छ । सचिवालय बैठकले संघीय संसद्का मन्त्री, प्रदेशका मन्त्रीदेखि दलका पदीय जिम्मेवारीमा रहेका नेता कसैलाई पनि पार्टीको कार्यकारी जिम्मेवारी नदिने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए । आजको अन्नपूर्ण पोस्ट्बाट । 


थप समाचार

२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

  • 5 minutes ago
२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

काठमाडौं । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ ।

एकै रात पीएसजीका खेलाडीद्वय नेयमार र एम्बाप्पे घाइते

  • 9 minutes ago
एकै रात पीएसजीका खेलाडीद्वय नेयमार र एम्बाप्पे घाइते

काठमाडौं । पीएसजीका स्टार खेलाडीद्वय नेयमार र किलियन एम्बाप्पे घाइते भएका छन् । मंगलबार रातिको अन्तर्राष्ट्रिय खेलको क्रममा उनीहरु घाइते भएका हुन् । नेयमार क्यामरुनसँगको खेलको आठ औं मिनेटमा नै

वाइड बडी खरिद प्रकरणः लेखा समितिले अनियमितताबारे छलफल गर्न सरकारलाई बोलायो

  • 10 minutes ago
वाइड बडी खरिद प्रकरणः लेखा समितिले अनियमितताबारे छलफल गर्न सरकारलाई बोलायो

काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान ल्याउँदाको अनियमितताबारे छलफल गर्न सरकारलाई डाकेको छ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।