नेकपाका दुवै घटकमा असन्तुष्टि

काठमाडौं । नेकपाको प्रदेश तथा जिल्ला तह एकतामा दुवै पूर्वघटकभित्र असन्तुष्टि देखिएको छ। पूर्वघटक एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले नै एकता कार्यदलको सिफारिसलाई मापदण्डविपरीत भनेका छन्।

 

वरिष्ठ नेता माधव नेपाल र सचिवालय सदस्य रामबहादुर थापा पक्ष एकता भागबण्डामा आफ्नै घटकभित्र असन्तुष्ट छन्। दुवै नेता तल्लो तहमा भइरहेको पार्टी एकता प्रक्रियामा आफ्नै घटकभित्रको संस्थापनसँग असन्तुष्ट बनेका हुन्।

 

‘तत्कालीन एमालेभित्र कमिटी आवधिक निर्वाचनमार्फत चयन भएका थिए, नेतृत्व पनि त्यहीअनुसार चयन भएको थियो’, नेपालनिकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘तत्कालीन पदाधिकारीको रोलक्रमका आधारमा पार्टीले नयाँ नेतृत्व चयन गर्नुपर्दथ्यो। तर कार्यदलले तलबाट नाम सिफारिस गर्दा भटाभट आफ्ना मान्छे छानेर ल्याउने काम भयो। यसैमा विरोध भइरहेको छ।’

 

‘प्रदेश तथा जिल्ला कमिटी सिफारिसमा सिनियर छुट्ने, जुनियर पर्ने, पूर्वकमिटीमा छलफलसमेत नहुने र हामी ९थापा पक्ष०लाई व्यवहारमै जिम्मेवारीबाट पाखा लगाउने काम भएको छ,’ नेकपा केन्द्रीय सदस्यतथा थापापक्षीय नेता पार्वती थापा मगरले भनिन्, ‘उहाँ ९थापा०लाई पनि देशभरिबाट त्यस्तै रिपोर्ट आएको बताउनुभएको छ।’

 

पूर्व एमालेभित्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको दुई भिन्न समूह थियो। तत्कालीन माओवादी केन्द्रमा पनि थापा भिन्नै समूहको नेतृत्व गर्थे। एकता प्रक्रियामा पूर्वघटकलाई लगाइएको भागबन्डामा दुई अध्यक्ष (ओली–दाहाल)ले आफ्नै पक्षका नेतालाई मात्रै समेटेको भन्दै नेपाल–थापा असन्तुष्ट बनेका हुन्।

 

नेपाल पक्षले आफ्ना नेतालाई मापदण्डविपरीत पूर्वाग्रही भएर पाखा लगाएको भन्दै असन्तुष्टि मात्रै पोखेका छैनन्, सिफारिसमा पुनर्विचार गर्न दुवै अध्यक्ष र सचिवालय सदस्यसम्मलाई आग्रह नै गरिसेकको छ।

 

कतिपय जिल्लाबाट केन्द्रीय कार्यालयमा फरक सूची बुझाउनेदेखि उजुरीसम्म राख्ने काम भएको नेपाल पक्षीय एक नेताले बताए। थापा पक्षले भने अध्यक्ष दाहालसँग अनौपचारिक असन्तुष्टि मात्रै पोखेको छ।

 

नेपाल पक्षले तत्कालीन एमालेको भागमा परेका प्रदेश तथा जिल्ला नेतृत्व सिफारिस गर्दा वरियता र क्षमता मिचेर सिफारिस गरिएकोमा आपत्ति जनाएको छ। उसले तत्कालीन पदाधिकारीका सिनियरलाई नेतृत्व दिनुपर्नेमा त्यसो नगरी आफूपक्षीय नेता सिफारिस गरिएको भन्दै सार्वजनिक आलोचना गरेको छ। आजको अन्नपूर्ण पोस्ट्बाट


थप समाचार

न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

  • 54 minutes ago
न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन म

मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

  • 1 hour ago
मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

क्वालालमपुर । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना

पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

  • 1 hour ago
पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको वि



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।