प्रधानमन्त्री निवासबाटै चल्छ नेकपा, शीर्ष नेता नै जादैनन् पार्टी कार्यालय

काठमाडौं । दुई अलग वामशक्ति एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘हेडक्वार्टर’ तात्कालीन एमालेको कार्यालय धुम्बाराही कायम भयो । तात्कालीन माओवादी केन्द्रको पेरिसडाँडास्थित ‘हेडक्वार्टर’ भने जनवर्गीय संगठनको कार्यालय भयो ।

 

कार्यालय बाँडफाँट टुंगिए पनि ने क पाको सञ्चालन भने न धुम्बाराहीबाट हुन्छ, न पेरिसडाँडाँबाट । कार्यालयको टुंगो लागे पनि पार्टी सञ्चालन भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भइरहेको छ । पार्टीका महत्वपूर्ण बैठक, भेटघाट, छलफलसमेत प्रधानमन्त्री निवास बालुवाटारमै हुने गरेको छ ।

 

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीका सबै बैठक बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् । सरकारका अतिरिक्त पार्टीसमेत बालुवाटारकेन्द्रित भएपछि प्रधानमन्त्री ओलीको दैनिकी अति व्यस्त छ ।

 

३२ साउनयता प्रधानमन्त्री ओली पार्टी कार्यालय पुग्न भ्याएका छैनन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली मात्र होइन अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सबैजसो सचिवालय सदस्यले त्यसयता पार्टी केन्द्रीय कार्यालयमा पाइला नै टेकेका छैनन् । गत ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।

 

पार्टी एकीकरणपश्चात् केन्द्रीय कार्यालय धुम्बाराहीबाट सञ्चालन हुन्छ । शीर्ष नेतादेखि सचिवालय सदस्यसमेत पार्टी कार्यालय नपुगेपछि पार्टी कार्यालय सुनसान छ । जिल्लाबाट आउने नेता, कार्यकर्ताहरू कार्यालय पुगे पनि शीर्ष नेतासँग भेटघाट हुँदैन ।

 

शीर्ष नेतालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार, होटल वा उनीहरूको निजी निवासमै पुग्नुपर्ने बाध्यता रहेको एक नेताले बताए । पार्टी कार्यालयमा जाँदा नेतासँग भेट असम्भव भएपछि कार्यकर्ताहरू नेता निवासमै धाउन थालेको उनको भनाइ छ ।

ने क पाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पनि ३२ साउनयता पार्टी केन्द्रीय कार्यालय धुम्बाराही गएका छैनन् । ३२ साउनमा पार्टी प्रवेश कार्यक्रमका लागि केन्द्रीय कार्यालय पुगेका अध्यक्षद्वय ओली र दाहाल त्यसयता कार्यालय नआएको स्रोतले जनाएको छ ।

 

पार्टी अध्यक्षद्वय ओली र दाहाल मात्रै होइन वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसमेत केन्द्रीय कार्यालय जादैनन् । ओली र दाहाल एकैचोटी विदेश गएका बेला कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका नेपालले पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा गरेका थिए । त्यसयता वरिष्ठ नेता नेपालले पनि पार्टी कार्यालयमा पाइला टेकेका छैनन् । आजको राजधानी दैनिकबाट । 

 


थप समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ चीन भ्रमणमा

  • 9 minutes ago
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ चीन भ्रमणमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनको हाईनान प्रान्त भ्रमणका लागि पोखराबाट त्यसतर्फ लागेका छन् । मुख्यमन्त्री भैसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो भने नेपालकै मुख्यमन्त्रीहरुम

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

  • 29 minutes ago
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

पशुपतिनगर । इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व

गुण र दोषका आधारमा सरकारलाई सहयोग गरिनेः गगन थापा

  • 32 minutes ago
गुण र दोषका आधारमा सरकारलाई सहयोग गरिनेः गगन थापा

पाल्पा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारलाई संविधान कार्यान्वयनका विषयमा सहयोग गरिने बताएका छन् । उनले सरकारको गुण र दोषका आधारमा काङ्ग्रेसले



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।