IIMS College

ISMT

HUB Education

नेकपाभित्र व्यापक असन्तुष्टि, प्रचण्ड वामदेवलाई नचिढाउन मात्रै उनको पक्षमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । नेकपा नेता वामदेव गौतम उपनिर्वाचनबाट संसद् छिर्न खोज्दै छन्। यसका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धर सिट छाड्न तयार भइसके। पार्टी नेतृत्व भने गौतमसँग असन्तुष्ट देखिएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले यसबारे बोलेका छैनन्। गौतमका पक्षमा रहेका भनिएका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि बुधबार ‘सिट गुम्ने गरी उपनिर्वाचनमा नजाने’ विचार व्यक्त गरे। मानन्धरले ‘स्वीकृति पत्र’ अध्यक्ष दाहाललाई नै बुझाएका थिए।

 

उनको पत्र सोमबार सचिवालय बैठकमा पढेर सुनाइएको थियो। मंगलबार उनले पत्रकार सम्मेलन गरी गौतमका लागि पद त्याग्न तयार रहेको घोषणा गरे। मानन्धरको घोषणासँगै गौतमको इच्छामा शीर्ष नेतृत्व आश्चर्यमा परेको एक नेताले बताए। ‘कहीँकतै छलफल नभई एक्कासि मानन्धरले पत्रकार सम्मेलन गरेको देख्दा अचम्भित छौं’, स्थायी समितिका ओलीनिकट एक नेताले अन्नपूर्णसँग भने, ‘यति ठूलो निर्णय पार्टीले औपचारिक रूपमा गर्नुपथ्र्यो।’

 

मानन्धरको राजीनामा घोषणा र गौतमको उम्मेदवारीबारे नेकपाले कुनै आधिकारिक निर्णय लिइसकेको छैन। गौतमले पनि काठमाडौं ७ मा उपनिर्वाचन लड्ने÷नलड्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन्। सामाजिक सन्जाल फेसबुकमा रामवीरप्रति कृतज्ञता व्यक्त गरेका छन्।

 

‘नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईंले पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यो विचारले मेरो कद अझ उँचो बनाएको छ। संगठनका लागि हामी दुवै जना सिपाही हो। भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपार्इंले गरेको त्यागप्रति उँचो राख्न र तपार्इंले मप्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन। पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनि जनताको काममा सधै सँगै रहन्छौं’, फेसबुकमा उनले भनेका छन्।

 

सचिवालयभित्र अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल गौतमलाई उपचुनावमार्फत सांसद बनाउने पक्षमा छन्। दाहाल गौतमलाई नचिढाउन मात्रै उनको पक्षमा उभिएको स्रोत बताउँछ। आजको अन्नपूर्ण पोस्ट्बाट


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 8 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 9 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 10 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।