IIMS College

ISMT

HUB Education

नेकपाको चियापानमा विप्लव र सीके राउतलाई निम्तो, पूर्वराजा ज्ञानेन्द्रलाई भने बोलाइएन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ।

 

पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ। 

 

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि छुट्टै मधेस देश निर्माणको आन्दोलन गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको बताए।

 

तर, पार्टीले आयोजना गरेको चियापानमा नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्ता दिईएको छैन। यद्यपि, शाही कालका मन्त्री एवं नेताहरुलाई भने निम्ता दिइएको छ।

 

काठमाडौंको भृकुटीमण्डपस्थित बगैंचामा हुने सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेकपा केन्द्रीय सदस्य सुधीर साहले बताए। अत्यधिक अतिथि आउने भएकाले खुला ठाउँमा भव्य रूपमा चियापान गर्न लागिएको हो।

 

चियापानको तयारीबारे बुधबार नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईलगायतका नेताहरुले कार्यक्रम स्थलको निरीक्षण गरेका छन्।

 

चियापानका लागि नेकपाले हालसम्म करिब ५० हजार अतिथिहरुलाई निम्ता दिइसकेको छ। चियापानमा करिब ३५ हजारभन्दा बढी अतिथि सहभागी हुनेछन्।

 

चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म तय गरिएको छ । दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण तथा दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिका लागि समय छुट्ट्याइएको छ।

 

दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी सहभागी हुनेछन् । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउन पार्टीले ३ सय स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ। आजको राजधानी दैनिकबाट ।


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 8 hours ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 9 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 11 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।