IIMS College

ISMT

HUB Education

नेकपाका नेता खड्कामाथि नाताले भान्जी पर्ने युवती बेपत्ता बनाएको आरोप

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलकी एक युवती एक हप्तादेखि हराइरहेकी छन्। माधव थापाकी १८ वर्षीया छोरी उषा कार्तिक ५ गतेदेखि हराएकी हुन्। पिता थापाले कार्तिक ५ गते घरमा कोही नभएको मौका छोपी घरबाट निस्किएकी छोरी उषाको अहिलेसम्म अत्तोपत्तो नभएको जानकारी दिए।

 

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा छोरी हराएको भोलिपल्टै जानकारी दिँदा पनि छोरीको अवस्था थाहा नभएको उनले बताए । 

 

उनले आफ्नो साला नाता पर्ने भक्तपुरकै चाँगुनारायण नगरपालिका ९ ताथलीका ईश्वर खड्काले छोरी उषालाई अपहरण गरेको भन्दै वृत्तमा किटानी जाहेरीसमेत दिएका छन्। उनको किटानी जाहेरीको आधारमा वृत्तले खड्कालाई हिरासतमा राखेको छ।

 

खड्का सत्तारुढ नेकपा (नेकपा) स्थानीय नेता हुन्। उनी तत्कालीन एमालेको खेलकुद महासंघको भक्तपुर सचिवसमेत हुन्। उनलाई जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए।

 

उषा र खड्काबीच फेसबुक मेसेन्जरमा कुराकानी भएको आधारमा प्रहरीले खड्कामाथि अपहरण नभई साइबर क्राइमअन्तर्गत मुद्दा चलाएको उनले बताए। फेसबुक मेसेन्जरको च्याटिङमा नाताले मामा भाञ्जी भए पनि अश्लीलभन्दा पनि अश्लील शब्द प्रयोग अन्तरंग कुराकानी भएको पाइएको प्रनाउ शर्माले बताए।

 

उक्त च्याटिङमा खड्काले उषालाई पटकपटक पैसा दिएको, मोबाइल रिचार्ज गर्न पिन नम्बर पठाएकोसमेत उल्लेख रहेको वृत्तले जनाएको छ।

 

उषाका बुबा माधवले उक्त च्याटिङको आधारमै खड्काले नै आफ्नो छोरी अपहरण गराएको आरोप लगाएका छन्। उनले आफू भक्तपुरमै बसेर उषालाई अरु केटा लगाएर अपहरण गराएको दाबी गरे।

 

‘ईश्वर खड्काले नै मेरी उषालाई अपहरण गराएको हाम्रो आशंका छ’, बुबा थापाले भने, ‘नत्र हराएको एक हप्ता हुँदा पनि छोरी किन फेला परिनन्।’ प्रहरीले भने उनको आरोप स्वीकार गर्न सकेको छैन।

 

प्रहरीले उषा हराएपछि उनको कोठामा खानतलासी गर्दा दुई फरकफरक चिठ्ठी बरामद गरेको छ। उक्त चिट्ठीमा मामा (ईश्वर खड्का) को कुनै दोष छैन भनी लेखिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए।

 

‘उषाले लेखेको चिठ्ठीमा मामाको दोष छैन भनेको छ। बरु अरु दुई केटाको नाम उल्लेख भएको छ’, उनले भने, ‘दुई केटामध्ये एकजना वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन्। अर्को केटाको पहिचान हुन सकेको छैन।’

 

यता उषाको घरपरिवारले सत्तारुढ नेकपा (नेकपा) स्थानीय सांसददेखि नेता, मेयरलगायत खड्कालाई जोगाउन प्रहरीलाई दबाब दिन थालेको आरोप लगाएका छन्।

 

दबाबकै कारण आफूले अपहरणको मुद्दा राख्न खोज्दा पनि जगाती प्रहरीले साइबर क्राइममात्रै आकर्षित हुने गरी मुद्धा दर्ता गरेको उषाका बुबा माधवले आरोप लगाए। आजको अन्नपूर्ण पोस्ट्बाट


थप समाचार

बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

  • 3 hours ago
बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

एजेन्सी । बलिउड स्टार रणवीर सिंह आजभोली खुब चर्चामा रहेका छन् । उनको बलिउडको यात्राले एक दशक पार गरेको छ । रणवीरलाई बलिउडमा एनर्जेटिक, ट्यालेन्टेड तथा पपुलर कलाकारको रुपमा चिनिन्छ ।

सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

  • 3 hours ago
सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

एजेन्सी । बलिउडमा स्थापित नाम हो अनुष्का शर्मा । सन् १९८८ मे १ मा अयोध्यामा जन्मिएकी अनुष्काले सन् २००८ मा ‘रव ने बना दी जोडी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् । उनले सन् २०१७ मा भारतीय चर्चित क्रिक

शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

  • 3 hours ago
शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सुवाश जोशीले खोल्नुभएको फार्ममा रहेको गाई । शिक्षण पेशा छाडेर गाई, राँगा, सुँगुर र कुखुरा पालन व्यवसायमा लाग्नुभएका जोशीले सबै खर्च कटाएर अहिले मासिक



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।