नेपाली क्रिकेट टोलीको सम्मानमा लण्डन दूतावासमा रिसेप्सन

  • बुधबार, ९ साउन, २०७५
  • 11 months ago
  • युके
Education Park

(तस्बिरहरु शिव भण्डारी)

लण्डन । जुलाई २९ तारिखमा लण्डनको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा हुने त्रिकोणात्मक  सिरिजका लागि अहिले लण्डनमा रहेको नेपाली क्रिकेट टोलीलाई लण्डन दूतावासले सम्मान गरेको छ । 

 

खेलाडीहरुको सम्मानमा मंगलबार सांझ दूतावासमा एक भव्य समारोह आयोजना गरेर रिसेप्सन दिइएको छ । कार्यक्रमक प्रमुख अतिथी तथा विशिष्ट अतिथीहरुले  खेलाडी, प्रशिक्षक र टिमका व्यवस्थापकीय सदस्यहरुलाई खादा ओढाएर सम्मान गरेका थिए । 

 

समारोहमा स्वागत मन्तव्य राख्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको चिनारी अब सगरमाथा र गौतम बुद्धले मात्र नभएर क्रिकेटले समेत विश्वमाझ बनाएको धारणा व्यक्त गरे ।

 

जुलाई २९ मा लण्डनको लर्ड्समा हुने नेपालीको खेल हेर्न उपस्थित भएर नेपाली खेलाडीहरुको हौसला बढाउन राजदूत डा सुवेदीले बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई आव्हान गरे । 

 

 

प्रमुख अतिथी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया पुनले लर्ड्समा हुने खेलमा सफलताको लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिइन् । बेलायत र नेपालबीचको दुई सय वर्ष लामो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै मन्त्री थापाले गोर्खाहरुले बेलायतका लागि पुर्याएको योगदानका कारण यो सम्बन्धल अझ बढि मजबुत भएको धारणा राखिन् । नेपालमा संिवधान निर्माण र तीन तहको सरकार स्थापनाको प्रक्रिया पूरा भएसंगै अब आर्थिक विकास र समृद्धिको अभियान सुरु भएको भन्दै उनले यो लक्ष्य प्राप्तिको लागि देश तथा देशबाहिर रहेका सम्पुर्ण नेपालीहरुको साथ आवश्यक रहेको बताइन् ।  

 

सांसद डा सुर्य पाठकले क्रिकेटमार्फत नेपाललाई विश्वमा चिनाउन भुमिका गर्ने नेपाली क्रिकेटरहरुप्रति आभार प्रकट गरे । देशको आर्थिक समृद्धिको अभियानमा सहयोग र सहभागिताका लागि उनले बेलायतबासी नेपालीहरुसमक्ष आग्रह पनि गरे । 

 

नेपालका लागि बेलायतका पूर्व राजदूत एन्ड्यू स्पार्कसले क्रिकेटको माध्यमबाट पनि  बेलायत र नेपालबीचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरे । एमसिसीका क्रिकेट प्रमुख जोन स्टेफन्सनले नेपालको क्रिकेट विकासका लागि सहयोग गर्न एमसिसी ईच्छुक रहेको जनाए । 

 

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले जुलाई २९ को खेल हेर्न लर्ड्समा उपस्थित भइदिन बेलायतबासी नेपालीहरुलाई आग्रह गरे । 

 

दूतावासका उपप्रमुख शरदराज आरनले सञ्चालन गरेको कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो । कार्यक्रममा कलाकारहरु सपनकुमार राई र सरु थापाले एक /एक वटा गीत प्रस्तुत गरेका थिए ।

 

 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 8 hours ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 8 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 8 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।