संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा
- आइतबार, ७ असोज, २०७५
- 4 months ago
- राजनीति
- अष्ट्रेलिया

क्यानबेरा । नेपाली दूतावास क्यानबेराले विशेष कार्यक्रमको आयोजना गरेर संविधान दिवस २०७५ मनाएको छ ।अस्ट्रेलियाको राजधानी क्यानवेरामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी अष्ट्रेलियाको अध्यगमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धी मन्त्री डेभिड कोलम्यान थिए । कार्यक्रममा बोल्दै मन्त्री कोलम्यानले नेपालको संविधान दिवसको अवसरमा नेपाल र नेपाली जनतालाई बधाई दिनुका साथै अष्ट्रेलियामा रहेका नेपाली समूदायले गरेको प्रशंसा गरेका थिए । उनले आफु नेपाली समूदायको विषयमा सदैव सकारात्मक रहेको बताएका थिए । मन्त्री कोलम्यानले प्रतिनिधित्व गर्ने सिड्नीको ब्याङ्स निर्वाचन क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोवास रहेको छ ।
कार्यक्रममा अष्ट्रेलियाको संघीय संसदका सांसदहरु, कुटनीतिक नियोगका प्रमुखहरु, शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालयका उच्च पदाधिकाी, कुटनीतिक समूदायका सदस्य, महाबाणिज्यदुतहरु र नेपाली समूदायका व्यक्तित्वहरु पनि सहभागी थिए ।
उक्त अवसरमा राजदूत लक्की शेर्पाले अष्ट्रेलिया सरकार, अष्ट्रेलियन जनता, नेपालको विकास प्रक्रियामा गरेको सहयोगका लागि धन्इवाद दिँदै नेपालको संविधान जारी भएको अवसर निकै विशिष्ठ भएको धारणा राखेकी थिइन् । राजदूत शेर्पाले एक लाखभन्दा बढीको संख्यामा अष्ट्रेलियामा रहेका नेपालीले नेपाल र अष्ट्रेलियाबीच सम्बन्ध सेतुको काम गरेको भन्दै जनस्तरको सम्बन्ध विकास गर्नमा खेलेको भूमिकाको प्रशंसा गरेकी थिइन् । सो अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले जर्नी टु नेपाल नामक अभियान सुरुवात गरेको पनि उनले बताएकी थिइन् ।
उक्त अवसरमा नेपाल र अष्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ब्यवसायि शेष घले, इनर वेल्थका कृष वाकर, दक्षिण अस्ट्रेलियाका आँखा बिशेषज्ञ डा. जेसन बुथ र क्यानबेराका रिच फर नेपलका लु नलीलाई दूतावासले प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली मौलिक धुनको साथमा खानाका परिकारहरु पनि उपलब्ध गराईएको थियो ।


थप समाचार
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन
- 9 hours ago

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम
- 9 hours ago

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)
- 10 hours ago

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।
विचित्र विश्व
यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे

एजेन्सी । कृष्णको गोपिकाहरुसँगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ ।