प्राधिकरणमा ९ अर्ब बक्याैता उठाउन बाँकी, व्यवसायी अदालत गएका कारण समस्या

फाइल फाेटाे
Education Park

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत सेवा लिएका ग्राहकबाट रु. नौ अर्ब नौ करोड ४० लाख ४६ हजार बराबरको बक्यौता उठाउन बाँकी छ ।

 

कूल २३९ डेडिकेटेड र ६९ ट्रङ्क लाइनबाट हालसम्म रु. २३  अर्ब ५५ करोड ७६ लाख ४४ हजार बराबरको महसुल उठेको छ । प्राधिकरणले उद्योग तथा प्रतिष्ठानलाई पठाएको महसुलको भने रु ३२ अर्ब ४५ करोड ८० लाख ९७ हजार रहेको छ । 

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा पेश गरेको विवरणअनुसार विराटनगर क्षेत्रमा १४ डेडिकेटेड र पाँच ट्रङ्क लाइनको मात्रै रु एक अर्ब छ करोड ५७ लाख ८८ हजार, जनकपुर क्षेत्रमा १० डेडिकेटेड र तीन ट्रङ्क लाइनको रु. एक अर्ब नौ करोड १५ लाख ९७ हजार महसुल उठन बाँकी छ । 

 

यस्तै हेटौँडा क्षेत्रमा कूल २८ डेडिकेटेड र ११ ट्रङ्क लाइनबाट रु. चार अर्ब ३२ करोड ३९ लाख ५५ हजार, काठमाडौँमा १७६ डेडिकेटेड र तीन ट्रङ्क लाइनको रु. १८ करोड ९१ लाख ६९ हजार, बुटवल क्षेत्रमा एक डेडिकेटेड र २८ ट्रङ्क लाइनको रु. एक अर्ब ३८ करोड ८८ लाख १९ हजार, पोखरा क्षेत्रमा तीन डेडिकेटेड र नौ ट्रङ्क लाइनको भने पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन । 

 

त्यस्तै नेपालगन्ज क्षेत्रमा  सात डेडिकेटेड र दुई ट्रङ्क लाइनको रु. एक अर्ब तीन करोड २३ लाख २८ हजार र अत्तरिया क्षेत्रको आठ ट्रङ्क लाइनको मात्रै रु. २३ लाख ८६ हजार बराबरको बक्यौता असुल गर्न बाँकी छ । मुख्य प्रसारण लाइनबाट कुनै पनि अवरोध नहुने गरी विद्युत लिने ग्राहकले ट्रङ्क लाइन प्रयोग गरेका छन् । 

 

त्यस्तै प्राधिकरणको सबस्टेशनबाट प्राधिकरण आफैले बनाएका, उद्योगीले आफै बनाएका वा सिमेन्ट उद्योगलगायतलाई उद्योग मन्त्रालयले बनाइदिएका प्रसारण लाइनबाट विद्युत लिने ग्राहक डेडिकेटेड ग्राहकका रुपमा छन् । उद्योगी–व्यवसायी सर्वोच्च र उच्च अदालत गएका कारण बक्यौता उठाउन समस्या परेको प्राधिकरणको भनाइ छ । 

 

ठूलो परिमाणको विद्युत बक्यौता उठाउन बाँकी रहेको र त्यसमा प्राधिकरणले चासो नदिएको भन्दै ट्रान्सपरेन्सी अभियान नेपालका अनुज बाँनियाले सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गराएका थिए । सोही उजुरीका सम्बन्धमा आज लेखाले छलफल गराएको हो । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए । 

 

सचिव घिमिरेले उद्योगी–व्यवसायीले महसुलका सम्बन्धमा चित्त नबुझाई अदालत गएका कारण प्राधिकरणलाई बक्यौता उठाउन समस्या भएको जानकारी दिए । उनले महसुल उठाउन प्राधिकरण सञ्चालक समितिले भक्तबहादुर पुनको संयोजकत्वमा छानबिन समिति बनाएको र सोही समितिले दिने प्रतिवेदनका आधारमा विद्युत नियमन आयोगमार्फत महसुलका बारेमा अन्तिम निर्णय हुने बताए । 

 

विगतमा आयोग नभएका कारण महसुलको विषयमा निर्णय गर्न प्राधिकरणलाई समस्या परेको र केही समय पहिले आयोगसमेत गठन भइसकेको अवस्थामा अब केही समयपछि समस्याको समाधान हुने सचिव घिमिरेको भनाइ छ । 

 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता महसुल उठाउन प्राधिकरण इमान्दर भएर लागिपरेको र कोही कसैलाई छुट नदिने स्पष्ट पारे । प्राधिकरणले २०७२ साल असार १२ गतेदेखि डेडिकेटेड  र ट्रङ्क लाइनमार्फत विद्युत दिने निर्णय गरेको थियो । नागरिकले दैनिक १४ घण्टा विद्युत्भार कटौतीमा बस्दा प्राधिकरणले ३१५ मेगावाट विद्युत् उद्योगलाई उपलब्ध गराएको थियो । 

 

भ्रष्टाचार प्रमाणित भए कारवाही भोग्न तयार छु : घिसिङ

 

समितिको बैठकमा सांसद अमनलाल मोदीले विद्युत्भार कटौतीको अन्त्य गरेको नाममा प्राधिकरणमा आर्थिक अनियमितता भएको आरोप लगाए । उनले विद्युत्भार कटौतीको अन्त्य गर्न तत्कालीन मन्त्री, सचिव तथा अन्य कर्मचारीको पनि महत्वपूर्ण भूमिका रहेको भए पनि प्राधिकरणको नेतृत्व आफैले जस लिएको र त्यसैका आधारमा आर्थिक अनियमितता भएको आरोप लगाए । 

 

सांसद मोदीको उक्त भनाइको प्रतिवाद गर्दै कार्यकारी निर्देशक घिसिङले आफू कार्यकारी निर्देशक भएर आएपछि कुनै आर्थिक अनियमितता भएको प्रमाणित भए कारवाही भोग्न तयार रहेको बताए । उनले भने, ‘बाँकी बक्यौता रहेको महसुल उठाउन प्राधिकरणले हदैसम्मको प्रयास गरेको छ । कुनै पनि कमजोरी गरिएको छैन । आर्थिक अनियमितता गर्ने भन्ने कुनै प्रश्न छैन । अनियमितता भएको प्रमाणित भए म कारवाही भोग्न तयार छु ।’

 

बैठकमा सांसद राजन केसीले बाँकी बक्यौता उठाउन प्राधिकरणले सार्थक प्रयास गर्नुपर्ने बताउनुभयो भने सांसद लेखराज भट्टले कमी कमजोरी नहुने गरी काम गर्न प्राधिकरण नेतृत्वलाई सुझाव दिए । त्यस्तै सांसद शरत्सिंह भण्डारीले गलत भएको भए छानबिन गर्नुपर्ने तर काम गर्ने व्यक्तिको मान मर्दन गर्न नहुने बताए । समितिका सभापति भरत शाहले प्राधिकरणको महसुल बक्यौताको विषयमा समितिले सत्यतथ्य छानबिन गर्ने जानकारी दिए । (रासस)


थप समाचार

सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

  • 15 minutes ago
सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

काठमाडौँ । कागजी नोट मानिसले विनिमयको साधनको रुपमा प्रयोग गर्ने सबैभन्दा प्रचलित आविष्कार हो । व्यक्तिको दैनिक जीवनमा अत्यन्तै प्रयोग हुने यस्ता ‘नोट’ सफा हुनुपर्छ भन्ने मान्यता छ ।

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

  • 19 minutes ago
अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

  • 23 minutes ago
उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।