Techie IT
२०८१ वैशाख ५, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकर्णालीमा डिजिटल मार्गचित्र तयार गर्न प्रविधि सम्मेलन हुने

कर्णालीमा डिजिटल मार्गचित्र तयार गर्न प्रविधि सम्मेलन हुने


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भोलिदेखि डिजिटल कर्णाली कन्क्लेभ अर्थात प्रविधि सम्मेलन हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रविधि सम्मेलन हुन लागेको हो ।

आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीकाअनुसार सम्मेलनमा कर्णाली प्रदेशकै एक महत्त्वपूर्ण प्रविधि सम्मेलनमा नीति, नियम, सञ्चार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युत्, सुशासन, विपद् व्यवस्थापन, अर्थतन्त्र, नेतृत्व, स्टार्टअप र उद्यमीका विषयमा नीतिगत तहको छलफल हुनेछ ।

आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नीति र नेतृत्व, मानव पुँजी, आइसिटी र तथ्याङ्क उद्योग, डिजिटल पूर्वाधार, डिजिटल रुपान्तरण र सुरक्षाको विकास र सुनिश्चितताका लागि प्रविधि सम्मेलन गर्न लागिएको बताउनुभयो । भोलि र पर्सि हुने सम्मेलनमा सङ्घ, प्रदेश र पालिका गरी चार सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालगञ्जकाे बागेश्वरीमा प्रजापतिले १५औँ पटक छेडे जिब्रो

राँझा (बाँके) । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको

गण्डकी प्रदेश सभा आह्वान

पोखरा । गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले प्रदेश सभाको आह्वान गरेका छन् । मन्त्रीपरिषद्को सिफारिस बमोजिम वैशाख ७ गते शुक्रबार

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि…

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया

सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते

बुटवल । दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

काठमाडौँ महानगरले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण सुरु गर्दै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । महानगरले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता

Techie IT