गणतन्त्र दिवसमा लण्डन दूतावासमा गरियो 'नेपाल डेभलपमेन्ट कन्फरेन्स'

लण्डन । नेपालको गणतन्त्र दिवसको अवसर पारेर लण्डनस्थित नेपाली दूतावासले मंगलबार एक भव्य समारोहकाबीच 'नेपाल डेभलेपमेन्ट कन्फरेन्स' आयोजना गरेको छ । 

समारोहमा नेपालको डेभलपमेन्ट सेक्टरसंग प्रत्यक्ष, परोक्ष सम्बन्ध राख्ने बेलायती तथा नेपाली संघसंस्था र समुदायका झण्डै ३ सय प्रतिनिधीहरुको सहभागिता रह्यो । 

 

बेलायतका पूर्वमन्त्री टोनी बाल्डरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपालको डेभलपमेन्ट सेक्टरसंग सम्बन्धित विभिन्न विषयमा आधा दर्जन प्रिजेन्टसनहरु प्रस्तुत गरिएका थिए । 

 

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र बेलायती पूर्व मन्त्री बाल्डरीले संयुक्त रुपमा समारोहको उद्घाटन गरेका थिए । 

 

 

समारोहमा स्वागत मन्तव्य राख्दै समारोहको अध्यक्षता समेत गरेका राजदूत डा सुवेदीले गणतन्त्र दिवसको उपलक्ष्यमा देश, विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरे । 'समृद्ध नेपाल र सुखी नेपाली'को लक्ष्य प्राप्तिको अभियानमा नेपाल सरकारले अहिले आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गरेको जानकारी डा राजदूत सुवेदीले गराए । 

 

'अहिले देशमा राजनीतिक स्थिरता छ, संसदको दुई तिहाईभन्दा बढि मत प्राप्त शक्तिशाली र स्थायी सरकार बनेको छ । आर्थिक विकास र सामाजिक रुपान्तरणको एजेण्डालाई सफल बनाउन सरकारको तर्फबाट स्पष्ट प्रतिबद्धताका साथै सार्थक पहलहरु पनि सुरु भएका छन्', राजदूत डा सुवेदीले भने । 

 

आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले उदार आर्थिक नीतिहरु अवलम्वन गरेको समरण गराउंदै डा सुवेदीले थपे, 'राजनीतिक स्थायित्व स्थापित गर्नेदेखि आर्थिक समृद्धिको लागि आधारहरु तयार गर्नेसम्मको यो प्रक्रियामा एउटा पुरानो मित्रराष्ट्रका रुपमा बेलायतले जुन समर्थन र सहयोग गरेको छ , आउंदा दिनहरुमा पनि यस्तै ऐक्यबद्धता, समर्थन र सहयोगको अपेक्षा हामीले गरेका छौं ।' 

 

 

समारोहका प्रमुख अतिथी बेलायती पूर्व मन्त्री बाल्डरीले बेलायत र नेपालबीच सदियौंदेखि रहंदै आएको द्धिपक्षीय सम्बन्ध बहुआयमिक रहेको बताए । नेपालमा नयां संविधानको सफल कार्यान्वयन, संघीय शासन व्यवस्थाको सुरुवातसंगै आर्थिक विकासको युग सुरु हुंदै गरेको प्रसंग उल्लेख गर्दै बाल्डरीले भने, 'नेपालमा लगानी गर्नका लागि सबैभन्दा उत्तम समय अहिले नै हो । नेपालको वर्तमान सरकार र प्रधानमन्त्रीका तर्फबाट आर्थिक विकासका सवालमा सुरु गरिएका कोशिस र प्रतिबद्धताहरु निकै सकारात्मक देखिएका छन् ।'

 

नेपाल बेलायत सम्बन्धको मेरुदण्डका रुपमा गोर्खाहरुको बहादुरीपुर्ण योगदानको चर्चा गर्दै उनले नेपालको विकासका लागि बेलायतले हार्दिकताका साथ सहयोग गर्ने स्पष्ट पारे । 

 

बेलायती विदेश मन्त्रालयअन्तर्गत दक्षिण एशिया विभागकी उपनिर्देशक लेस्ली क्रेगले समारोहलाई सम्बोधन गर्दै नेपालको गणतन्त्र दिवसको अवसरमा बेलायत सरकारका तर्फबाट सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरिन् । बेलायत नेपाल द्धिपक्षीय सम्बन्धलाई थप उचाई दिन बेलायत सदैव ईच्छुक र प्रतिबद्ध रहेको उनले बताइन् । 

 

त्यसअवसरमा ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष रोजर पोर्टर र सोसाइटीको नयां अध्यक्ष नियुक्त भएका नेपालका लागि बेलायतका पूर्व राजदूत एन्ड्रु स्पार्कस्ले बेलायत नेपाल सम्बन्ध र सोसाइटीको विगत तथा भावी कार्यक्रमहरुबारे बोलेका थिए । 

 

समारोहमा नेपालको विकास सेक्टरमा क्रियाशिल रहेका बेलायती च्यारिटी संस्थाहरुको साझा नेटवर्क 'ब्रान्गो' (ब्रिटेन एण्ड नेपाल एनजिओ) को औपचारिक लञ्च गरिएको थियो । त्यस्तै, 'अ ट्राभल गाइड टु धौलागिरी' नामक जानकारीमुलक पुस्तकको विमोचन पनि सोहि अवसरमा गरियो । नेपालबाट आएकी चित्रकार सम्झना राजभण्डारीको नेपालसम्बन्धी चित्रकला प्रदर्शनी  पनि सोहि अवसरमा उद्घाटन गरिएको थियो ।

 

 

समारोहमा बेलायतस्थित प्राध्यापक डा सुर्यप्रसाद सुवेदीलाई नेपाल सरकारको तर्फबाट सम्मान गरियो । गत वर्ष बेलायती महारानी एलिजावेथबाट प्रतिष्ठित 'क्युसी' (क्विन्स् काउन्सेल ) मा नियुक्त हुन सफल भएको तथा बेलायत र नेपालबीचको द्धिपक्षीय सम्बन्धलाई सुदृढ गर्ने कार्यमा महत्वपुर्ण योगदान गरेको भन्दै प्राध्यापक डा सुवेदीलाई सम्मान गरिएको हो । 

 

सम्मानित भएपछि समारोहलाई सम्बोधन गर्दै प्राध्यापक डा सुवेदीले बेलायती महारानीबाट क्युसीमा नियुक्त गरेर आफुलाई गरिएको सम्मानलाई आफुले बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई बेलायतका तर्फबाट गरिएको सम्मानका रुपमा लिएको बताए । 

 

कार्यक्रमको दोस्रो चरणमा नेपालको विकास सेक्टरसंग सम्बन्धित विभिन्न विषयमा आधा दर्जन प्रिजेन्टेसनहरु गरिएका थिए । जसअन्तर्गत रेजिएस किपर रोयल बोटानिकल गार्डेन्स, इडिनबराका साइमन मिल्नेले नेपाल तथा बेलायतबीच बोटानिकल (बनस्पति) संग सम्बन्धित क्षेत्रमा रहेको सम्बन्धबारे प्रिजेन्टेसन गरेका थिए । त्यस्तै, एलिसन मार्स्टनले ब्रिटेन नेपाल सोसाइटी र नेपालमा यसको सहभागिताबारे तथा युनिभर्सिटी अफ लण्डनका नेपलिज तथा हिमालयन स्टडिज विभागका प्राध्यापक डा माइकल हटले नेपालको राजनीतिक विकासक्रमबारे प्रिजेन्टेसन गरे । 

 

लिभरपुल जोन मुर युनिभर्सिटीका डा सारा पार्कर र सिर्जना योञ्जन सिंहले 'रोल अफ वुमन इन नेपाल' शीर्षकको प्रिजेन्टेसन प्रस्तुत गरे भने ग्रेट अर्मोण्ड स्ट्रिट अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन विलियम हार्कनेसले 'टेलिमेडिसिन एण्ड वर्किंग इन ग्रुप' शीर्षकमा प्रिजेन्टेसन गरे । 

 

 

बिहान पौने १२ बजे सुरु भएको समारोहका अतिथीहरुको स्वागतमा सपनकुमार राई, बीबी अनुरागी र सितु खरेलले 'यो नेपाली शिर उचाली...' बोलको गीत प्रस्तुत गरेका थिए । 

 

समारोहको दोस्रो चरणमा प्रिजेन्टेसनहरु सुरु हुनुअघि संिगता गैरे, लिसा सुनार, एलिसा गौचन, कल्पना लिम्बू, श्रेया महर्जन, विभिया श्रेष्ठ, ग्रिष्मा भुषाल र सुस्मिता थापासहितका कलाकारहरुले विभिन्न मौलिक नेपाली लोकनृत्यहरु प्रस्तुत गरेका थिए । 

 

समारोहको अन्त्यमा राजदूत डा सुवेदीले समारोहका प्रमुख अतिथी, विशेष अतिथी तथा कार्यक्रममा विभिन्न प्रस्तुति गर्ने कलाकारहरुलाई सम्मानस्वरुप मायाको चिनो प्रदान गरेका थिए । 

 

कार्यक्रमको सञ्चालन लण्डन दूतावासका प्रवक्ता शरदराज आरनले गरेका थिए । 

 

तस्बिरहरु : नरेन्द्र बस्नेत/ गोर्खा रेडियो 


थप समाचार

धनगढीमा अत्याधिक गर्मी

  • 51 minutes ago
धनगढीमा अत्याधिक गर्मी

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्मी क्रमशः बढ्न थालेको छ । आज शुक्रबार धनगढीको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशखाले जानकारी दिएको छ ।

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

  • 1 hour ago
बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन्

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

  • 1 hour ago
जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।