IIMS College

ISMT

HUB Education

नेपालसँगको सिमानामा कुनै फेरबदल नभएको भारतको दावी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

नयाँ दिल्ली । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालसँगको सिमामा कुनै परिवर्तन नगरिएको दावी गरेको छ ।

 

जम्मु र काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याएपछि जारी गरिएको नक्शालाई लिएर नेपालको तर्फबाट चर्को विरोध भएपछि भारतीय पक्षले नेपालसँगको सिमानामा कुनै फेरबदल नभएको दावी गरेको हो । 

 

कालापानी लगायतका क्षेत्र भारतले आफ्नो क्षेत्रमा परेको भन्ने समाचारको भारतको विदेश मन्त्रालयले बिहीबार खण्डन गरेको छ । 

 

भारतको विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सिमाना निर्धारणका लागि छुट्टै संयन्त्र र व्यवस्था रहेकाले त्यही अनुसार हुने स्पष्ट पारे । 

 

उनले कुनै विवाद वा समस्या रहेमा दुवै देशकाबीचमा वार्ता र छलफल गरेर समाधान निकालिने र एक अर्कामा स्पष्ट हुने पनि जानकारी दिए । 

 

दुवै देशको सरोकारका विषयमा दुईपक्षीय हित र मित्रताकै आधारमा टुङ्गोमा पुगिने प्रवक्ता कुमारले पत्रकारहरूलाई बताए । 

 

“नेपालसँगको सिमानामा पूरानै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन,’ प्रवक्ता कुमारले भने । 

 

उनले आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न तयार रहेको प्रतिबद्धता दोर्होयाए । 

 

प्रवक्ता कुमारले निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश भैरहेको र यसको विरूद्ध दुवै देशले संयुक्तरूपमा अघिबढ्नुपर्ने जरुरी रहेको पनि बताए । 


थप समाचार

कुनै बेला मोउरिन्होले भनेका थिएः ‘सम्भवत म कहिल्यै टोटनहमको प्रशिक्षक बन्दिन’

  • 2 minutes ago
कुनै बेला मोउरिन्होले भनेका थिएः ‘सम्भवत म कहिल्यै टोटनहमको प्रशिक्षक बन्दिन’

एजेन्सी । इंग्लिस क्लब टोटनहमका नवनियुक्त प्रशिक्षक जोसे मोउरिन्होले कुनै बेला आफू कहिल्यै टोटनहमको प्रशिक्षक नबन्ने बताएका थिए । मंगलबार मौरित्सियो पोचेटिन्होलाई क्लबले बर्खास्त गरेपछि उनी टोटनहमको प

भारतमा एकजना अष्ट्रेलियन कुटिए

  • 17 minutes ago
भारतमा एकजना अष्ट्रेलियन कुटिए

एजेनसी । भारतमा एक अस्ट्रेलियनलाई निर्मम रुपमा कुटपिट गरिएको छ ।

नवनियुक्त आपूर्तिमन्त्री भन्छन् : आयात प्रतिस्थापनकाे लागि प्रतिबद्ध छु

  • 19 minutes ago
नवनियुक्त आपूर्तिमन्त्री भन्छन् : आयात प्रतिस्थापनकाे लागि प्रतिबद्ध छु

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्योगको विकास र प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज आयोजि



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

दयावान र धनी मुसा !

दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।