Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट हुदाँ १२ जनाको मृत्यु

इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट हुदाँ १२ जनाको मृत्यु


काठमाडौँ । पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् ।

सुलावेसी टापुमा अवस्थित निकारागुआ निकेलको उत्पादनको लागि महत्वपूर्ण केन्द्र हो । विद्युतीय वाहनका लागि चाहिने ब्याट्री र स्टीलको लागि प्रयोग हुने महत्वपूर्ण धातु हो ।

पिटी इन्डोनेसियाको सिङशान स्टेनलेस स्टिलको प्लान्टमा स्थानीय समयअनुसार बिहान ५ः३० बजे दुर्घटना भएको नगर परिसरका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले भने, “अहिले मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ५१ पुगेको छ । सामान्य र गम्भीर घाइते भएका ३९ जनाको उपचार भइरहेको प्रवक्ता डेडी कुर्नियावानले बताए ।

घटनामा सात इन्डोनेसियाली र पाँच विदेशी कामदारको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

कुर्नियावानले एएफपीलाई बताएअनुसार पाँचै जना विदेशी कामदार चिनियाँ नागरिक थिए ।

अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा भट्टीको मर्मतका क्रममा प्रज्वलनशील तरल पदार्थ प्रज्वलित हुँदा विस्फोट भएको र त्यसपछि नजिकैको अक्सिजन ट्याङ्कीमा पनि विस्फोट भएको देखिएको छ ।

आइतबार बिहानसम्म आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT