पहिलो अन्तर्राष्ट्रिय एक दिवसीयमा नेपाल नेदरल्याण्डसंग ५५ रनले पराजित

 

लण्डन । पहिलो अन्तर्राष्ट्रिय एकदवसीय खेलमा नेपाल नेदरल्याण्डसंग पराजित भएको छ । 

 

नेदरल्याण्डको घरेलु मैदान भिआरएमा सम्पन्न खेलमा नेदरल्याण्डले नेपालललाई ५५ रनले हराएको हो । 

 

टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउंदै १८९ रन बनाएपछि नेपालको लागि १ सय ९० रनको चुनौति मिलेको थियो । 

 

तर नेपाली टोलीले ४१ दशमलव ५ ओभरमा १ सय ३४ रनको स्थितिमा सबै विकेट गुमाएपछि पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा जित दर्ता गर्ने सपना पूरा गर्न सकेन । 

 

नेपालको लागि ज्ञानेन्द्र मल्ले सर्वाधिक ५१  रनको महत्वपुर्ण योगदान गरेका थिए ।  दिपेन्द्रसिंह ऐरीले ३३, अनिल शाहले २१ र कप्तान पारस खड्काले १२ रन जोडे । 

 

नेदरल्याण्डका लागि पिटर सिलार, मायकल रिपोन र फ्रेड क्लासिनले महत्वपुर्ण ३ / ३ विकेटको योगदान गरे । 

 

यसअघि  नेदरल्याण्डलाई १८९ रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएका थिए । उनले १० ओभर बलिङ गर्दै चार विकेट लिंदा २६ रन मात्र दिएका थिए ।  

 

त्यस्तै सोमपाल कामीले तीन, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले समान एक/एक विकेट लिए । 

 

नेदरल्याण्डका लागि मिचेल रिप्पोनले ५१, माइरुगले २९ र लिडीले ३० रनको योगदान दिएका थिए । 

 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 1 hour ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 1 hour ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 2 hours ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।