सोमपाल र पारसको अर्धसतकमा नेदरल्याण्डलाई नेपालले दियो २ सय १७ को चुनौति

लण्डन । नेदरल्याण्डविरुद्धको दोस्रो अन्तराष्ट्रिय एक दिवसीय (ओडिआई) मा नेपालले २ सय १७ रनको चुनौति पेश गरेको छ । 

 

नेदरल्याण्डको घरेलु मैदानमा टस जितेर पहिलो ब्याटिंग रोजेको नेपालले ४८ .५ ओभरमा सबै विकेट गुमाउंदै २  सय १६ रनको योगफल तयार गरेको हो । 

 

५ विकेटको क्षतिमा ८८ रनको कठिन अवस्थामा रहेको नेपाललाई सम्मानजनक स्कोर तयार गर्न कप्तान पारस खड्का र सोमपाल कामीको अर्धसतकले सहयोग गरे । 

 

आठौं नम्बरमा ब्याटिंगमा आएका सोमपाल कामीले महत्वपुर्ण ६१ रनको योगदानन गरे । कप्तान पारसले पनि ५१ रन बनाए । 

 

नेपालका लागि सुबास खकुरेलले १९, आरिफ शेखले १६ र ज्ञानेन्द्र मल्लले १३ रनको योगदान गरे । 

 

नेदरल्याण्डका लागि फ्रेड क्लासेनले ३ , पिटर सिलर र माइकल रिप्पोनले २ /२ तथा पिए भ्यान मिकेरन र एस स्न्याटरले १ /१ विकेट लिए । 

 

यसअघि बुधबार सम्पन्न नेपालको ओडिआई डेब्यु खेलमा नेदरल्याण्ड ५५ रनले विजयी बनेको थियो । 

 


थप समाचार

कोटेश्वर–जडीबुटी सडकः तिहारअघि बेलिब्रिज सञ्चालनमा

  • 1 minute ago
कोटेश्वर–जडीबुटी सडकः तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ ।

सुस्तावासीको पीडाः न भूमि पायौँ न नागरिकता

  • 3 minutes ago
सुस्तावासीको पीडाः न भूमि पायौँ न नागरिकता

परासी । भारतद्वारा पटक पटक अतिक्रमणमा पर्दै आएको नेपाली भूमि सुस्ताका बासिन्दा नागरिकताको अभावमा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन् ।

नरेन्द्र माेदी पुनः नेपाल अाउँदै, याे वर्षकाे लागि 'ह्याट्रिक' भ्रमण

  • 8 minutes ago
नरेन्द्र माेदी पुनः नेपाल अाउँदै, याे वर्षकाे लागि 'ह्याट्रिक' भ्रमण

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौ पटक पुनः नेपाल भ्रमणमा आउने भएका छन् । गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणको लागि प्रधानमन्त्री मोदी मंसिरको दोस्रो साता नेपाल आउन लागेको भ



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।