पेट्राेलियम आपूर्तिमा निगमकाे एकाधिकार ताेडिन सक्ने सरकारकाे चेतावनी

फाइल फाेटाे

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगमलाई प्रतिस्पर्धी नबने निजी क्षेत्रलाई समेत त्यस्तो अनुमति दिने चेतावनी दिएको छ । 

 

निगमको ४९औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) चन्द्रकुमार घिमिरेले निगमले व्यवसायिकता प्रदर्शन गर्न नसके पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई आह्वान गर्न सकिनेतर्फ निगम नेतृत्वलाई सचेत गराए । 

 

वर्तमान आर्थिक बजारले सहज, सुलभ, किफायती र गुणस्तरीय वस्तुको आवश्यकता बोध गरेको यथार्यलाई स्वीकार गर्नुपर्ने उल्लेख गर्दै उहाँले सरकारले दिएको भूमिका निर्वाह गर्न निगम व्यवस्थापन सक्षम हुनुपर्ने बताए । 

 

उनले भने, ‘निगम र नेतृत्वले जिम्मेवारी निर्वाह गर्न नसकेको अवस्थामा सरकारले बिकल्प सोच्नुपर्ने अवस्था आउन सक्छ । त्यो विकल्प भनेको निगमको बजारलाई खुला गर्दै प्रतिस्पर्धी भित्रयाउनुपर्ने हुनसक्छ ।’ यद्यपि, सचिव घिमिरेले सरकार तत्काल यस विषयमा प्रवेश नगरेको स्पष्ट पारे । 

 

निगमको सञ्चालक समिति सदस्यसमेत रहेका उनले निगम र यससँग सरोकारभएका निकायले आफूले निर्वाह गर्नुपर्ने भूमिका सहजै सम्पन्न गर्न नसके प्रतिस्पर्धा अपरिहार्य हुने बताए । 

 

नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सरकारले निगमको अवस्थालाई सुधार गर्न आफूलाई नियुक्त गरेको उल्लेख गर्दै धरासयी अवस्थामा रहेको संस्थाको पुनःसंरचना गरेर अघि बढ्ने बताए । 

 

यसअघि निगममा देखिएको अनियमिताको अन्त्य गरी भ्रष्टाचारमा शून्य सहनशीलता र विकृति रोक्दै जाने दृढता व्यक्त गर्दै उनले निगमलाई व्यावसायिक सफलता मिल्ने गरी योजना निर्माण गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । 

 

निगमका नायब कार्याकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने अपचलन र मिसावट रोक्न निगमको करारमा सञ्चालित एक हजार ९०० ट्रक तथा ट्याङ्करमा लकिङ प्रणाली लागू गरिएको बताए । 

 

पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्व अर्यालले निगमको संरचनालाई व्यावसायिक बनाउँदै दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्नु पर्ने सुझाव दिए । 

 

पेट्रोलियम डिलर्स एसोसियसन डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले निगमलाई पब्लिक लिमिटेडमा लैजानुपर्नेमा जोड दिए । 

 

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले नेपाली ग्यास उद्योगीले खरिद गरेका ग्यास बुलेट तत्काल सञ्चालनका लागि निगमले पहल गर्नुपर्ने बताए । 

 

कार्यक्रममा निगमको वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताका विजेता कर्मचारीलाई सम्मान गरिएको थियो भने ‘प्रभात’ स्मारिकाको समेत विमोचन गरिएको थियो ।


थप समाचार

हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

  • 11 minutes ago
हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

जिडान्स्क । पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।

ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

  • 16 minutes ago
ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गर्

काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

  • 23 minutes ago
काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

दमौली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । तनहुँ काङ्ग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अनुशासनभन्दा ब



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।