Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालचिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघले दियो ‘अल्टिमेटम’

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघले दियो ‘अल्टिमेटम’


काठमाडौँ। नेपाल चिकित्सक संघले हेटौँडाको सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट घटनाका दोषीलाई ७२ घण्टाभित्र कारबाही गर्न माग गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै संघले ७२ घण्टाभित्र कारबाही नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ।

सन्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बुधबार दिउँसो सामूहिक कुटपिट गरिएको थियो। गएको साउन २२ गते सो अस्पतालमा भर्ना गरिएका र चितवनको भरतपुर अस्पतालमा रिफर भई उपचारका क्रममा साउन २५ मा मृत्यु भएको घटनाका विषयमा कुटपिट र अरू स्वास्थ्यकर्मीलाई पनि धम्क्याएको संघले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्

यस्तो छ कतारी अमिरको नेपाल भ्रमण तालिका

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ । हाल

कतारसँग विभिन्न सम्झौताको तयारी

काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको आज हुने नेपालको दुई दिने भ्रमणका क्रममा दुई देशबिच

आज बालाजुको बाइसधारामा मेला

काठमाडौँ । आज बालाजुको बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न भक्तजनको भीड लागेको छ

कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने

काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्

अझै पाँच दिन तातो हावा चल्ने

काठमाडौँ । तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले

Techie IT