ब्याजदर घटाउन नमान्ने बैंकमाथि कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

  • शुक्रबार, २५ साउन, २०७५
  • 1 week ago
  • अर्थ

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन नमान्ने बैंकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । 

 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अनिवार्य नगद मौज्दात (सीआरआर) २ प्रतिशतले घटाएसँगै बजारमा पर्याप्त तरलता रहेको भन्दै बैंकहरूले अब कर्जाको ब्याजदर घटाउनुपर्ने र घटाउन नमान्नेमाथि कठोररूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।

 

नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकरहरुलाई चेतावनीको शैलीमा भने, ‘प्रहरीले अपराधीलाई गरेजस्तो व्यवहार गर्नु नपरोस् ।’ राष्ट्र बैंकका अनुसार बजारमा अहिले ६६ अर्ब तरलता छ । 

 

‘बैंकहरूले ब्याजदर घटाउन कुनै पनि बहानाबाजी गर्न नपाउने भन्दै घटाउन आनाकानी गर्नेमाथि राष्ट्र बैंक खरोरूपमा प्रस्तुत हुनेछ,’ नेपालले केही बैंकरहरूको नामै लिएर भने, ‘सीआरआर, एसएलआरलगायतका मौद्रिक उपकरण, विदेशबाट ऋण ल्याउन सक्ने व्यवस्थालगायतका कारण बजारमा लगानीयोग्य रकमको अभाव हुँदैन ।’

 

चालू आर्थिक वर्षको मौद्रिक नीतिले वैधानिक तरलता अनुपात (एसएलआर) वाणिज्य बैंकलाई १२ प्रतिशतबाट घटाएर १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र फाइनान्स कम्पनीका लागि ८ प्रतिशतबाट ७ प्रतिशतमा झारेको छ । 

 

यस्तै, पछिल्लो तीन हप्तामा राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत ९३ अर्ब २५ करोड रुपैयाँ तरलता बजारबाट उठाएको छ । यसले पनि अब ब्याजदर घट्न सहज हुने गभर्नर नेपालको भनाइ छ । 

 

अहिले अधिकांश बैंकको बेसरेट (आधार मूल्य) नै बढी भएकाले ऋणको ब्याजदर घट्न सकेको छैन । अधिकांश बैंकहरूको बेसरेट ११ प्रतिशतसम्म छ ।


थप समाचार

बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षेत्र'

  • 2 hours ago
बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षेत्र'

जसमध्ये बाल समुहमा सर्वोत्कृष्ट बन्दै ५ वर्षीया रिया गिरी बाल नक्षेत्र घोषणा भइन् भने युवा समुहबाट सर्वोत्कृष्ट बनेर सब्रिना चोंगवांग युवा नक्षेत्र बनिन् ।

प्रतिभा नक्षेत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

  • 4 hours ago
प्रतिभा नक्षेत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

सन्दर्भ प्रतिभा नक्षेत्रमा मात्र सिमित छैन । बेलायतका अधिकांश नेपाली संघसंस्थाले गर्ने कार्यक्रमको हविगत यस्तै हुन्छ । अब यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

  • 8 hours ago
के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

नेतृत्वका तीनै जना आकांक्षी तदर्थ समितिमा अट्ने गरी निकास निकाल्ने पहल अध्यक्ष फगामीले गरिरहेका छन् । संयोजक पदका सबै आकांक्षीहरुलाई समान हैसियतमा राखेर तदर्थ समिति घोषणा गराउने उनको योजना छ ।


Loading...

भिडियो

प्रेम र यौन

शारीरिक सम्बन्धबाट टाढा रहने जोडीमा यस्ता समस्याहरु देखिने

शारीरिक सम्बन्धबाट टाढा रहने जोडीमा यस्ता समस्याहरु देखिने

एजेन्सी–वैवाहिक जीवन सुमधुर बनाउन शारीरिक सम्बन्धको अहम भुमिका रहन्छ । सम्बन्धलाई मजबुत बनाउन पनि शारीरिक सम्बन्ध जति आवश्यक छ त्यति नै आवश्यक स्वस्थ रहन पनि छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेद उपचार पद्धति भरपर्दो

आयुर्वेद उपचार पद्धति भरपर्दो

भद्रपुर । पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् ।

विचित्र विश्व

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् ।