आजबाट नेपाल संवत् ११३९, देशभर विविध कार्यक्रम गरी मनाइँदै

  • बिहीबार, २२ कार्तिक, २०७५
  • 4 months ago
  • नेपाल

काठमाडौँ । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

 

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो’, उनले भने, ‘लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।’

 

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

 

गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

 

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा छ ।

 

म्हः -आत्म- पूजा

 

आजैको दिन नेवार समुदायमा म्हः -आत्म- पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म ९म्हः० पूजा पर्व मनाउने गर्दछन् ।

 

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताए ।

 

आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । 


थप समाचार

के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

  • 2 hours ago
के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

लण्डनस्थित नेपाली दूतावास र राजदूत डा दुर्गाबहादुर सुवेदीले समेत अरु गोर्खा संगठनलाई काखा र बिजिडब्लुएसलाई पाखा गरेको आरोप अध्यक्ष देवानले लगाएका छन् ।

वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

  • 2 hours ago
वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

  • 3 hours ago
विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

विचित्र विश्व

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।