नेपाल स्कटल्याण्ड एशोसिएसनमा विजय डंगोल नेतृत्वको नयाँ कार्यसमिति

  • सोमबार, २ बैशाख, २०७६
  • 2 months ago
  • युके
गतसाता सम्पन्न अधिवेसनले एशोसिएसनको सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो
Education Park

 

लण्डन । स्कटल्याण्डको सबैभन्दा पुरानो नेपाली संस्था नेपाल स्कटल्याण्ड  एशोसिएसनको अध्यक्षमा विजय डंगोल निर्वाचित भएका छन् । 

 

एशोसिएसनको हालै सम्पन्न अधिवेसनले निवर्तमान कार्यसमितिका महासचिव डंगोलको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन गरेको हो ।

 

आइतबार एडिनबराको हिमालय सेन्टरमा आयोजित एशोसिएसनको नेपाली नयाँ वर्ष शुभकामना कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको घोषणा गरिएको थियो । 

 

 

नयां कार्यसमितिमा उपाध्यक्ष गोविन्द कंडेल, सचिव मनिष खत्री, कोषाध्यक्ष सागर केसी तथा सदस्यहरु कमला श्रेष्ठ, अञ्जली चापागाईं र यदुमणी सापकोटा चयन भएका छन् । एशोसिएसनको सल्लाहकारमा भोला खनाल, धन केसी, राजेन्द्र बम, निशान रिजाल, भाष्कर अधिकारी, काशीराम भण्डारी, चरण प्रधान, टिका लिम्बू र रेशम थापालाई मनोनित गरिएको छ । 

 

नयाँ कार्यसमितिको घोषणा तथा नयाँ वर्ष शुभकामना कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूकेका उपाध्यक्ष ललितकुमार न्यौपानेले नयाँ वर्षको शुभकामना तथा नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए । 

 

एनआरएनए यूकेका गतिविधिहरुबारे जानकारी गराउँदै उपाध्यक्ष न्यौपानेले स्कटल्याण्डमा पहिलोपटक राज्य समन्वय परिषद गठन भएको र अब निर्वाचन नजिक आउँदै गरेको सन्दर्भमा सबै स्कटल्याण्डबासी नेपालीललाई सक्रिय सहभातिाको लागि आग्रह गरेका थिए । 

 

 

एशोसिएसनका नवनिर्वाचित अध्यक्ष विजय डंगोलले कार्यक्रमका सबै सहभागीलाई स्वागत गरेका थिए । 

 

त्यसअवसरमा किशोर डंगोललाई संस्थाको तर्फबाट च्यारिटी पर्सन अफ द इयरको सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन पविना खनालले गरेकी थिइन् । 

 

कार्यक्रममा  विभिन्न स्थानीय कलाकारले मनोरन्जनात्मक गीत, नृत्य प्रस्तुत गरेका थिए । 

 

 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 8 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 8 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।