IIMS College

ISMT

HUB Education

‘नेपाल स्टार’ को बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

  • बुधबार, १४ फागुन, २०७६
  • 1 month ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । रियालिटी शो ‘नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । 

 

‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरको रुपमा नेपालको प्रतिष्ठित बैंक सिद्धार्थ बैंक बनेको हो । एक समारोहबीच नेपाल स्टार आयोजक कि एड्भर्टाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

 

साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन (एनटिभी)का महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्यवद्धता जनाएका छन् ।

 

सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भर्टाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए । राष्ट्रिय कार्यक्रमको रुपमा प्रशारणमा आउन लागेको यस कार्यक्रमले नेपालको स्टार जन्माउने उनले बताए ।

 

नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने समेत उनले बताए । टेलिभिजन च्यानलको अत्याधुनिक प्रबिधि प्रयोग गरि उत्पादन र प्रशारण गरिने कार्यक्रम हो नेपाल स्टार ।

 

नेपाल टेलिभिजन नेपाल स्टारलाई देशकै स्टारको रुपमा स्थापित गराउने प्रयासका साथ देशभर लोकप्रिय टेलिभिजन नेपालभर सबैभन्दा बढी हेरिने टेलिभिजन हो । स्पष्ट र बुलन्द आवाजमा फुल एचडी मा प्रशारण नेपाल टेलिभिजनको यस कार्यक्रममा सिद्धार्थ बैंकलाई स्वागत गर्न पाउँदा नेपाल टेलिभिजन गौरवान्वित छ र सधै यस्ता कार्यक्रममा सिद्धार्थ र्बैकलाई सदैव स्वागत गर्दछ नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले भने । 

 

प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले भने, ‘श्ुारुवाती दिनमै सफलताको पाइलामा अगाडि बड्न सफल नेपाल टेलिभिजनबाट प्रशारण हुने नेपाल स्टारमा बैंकिङ्ग पार्टनरको रुपमा सहकार्य गर्न पाउँदा सिद्धार्थ बैक गौरव महशुस गर्दछ ।’ उनले यो सम्बन्धलाई सदैव अगाडि बढाउन सिद्धार्थ बैंक तयार रहेको र यस किसिमका राष्ट्रिय स्तरको कार्यक्रमबाट देशको कुना कन्दरामा रहेका, तर अवसर नपाएका प्रतिभावानहरुलाई अवसर दिइनुपर्ने उनले बताए । 

 

गायनबाट उत्कृष्ट गायन छान्ने यस कार्यक्रमले कलाको उच्च कदर गर्ने कुरा नेपाल स्टारको निर्यायक वरिष्ठ संगीतकार आलोकश्रीले बताए । आज कलाले कदर पाउन थालेको छ र कलाको माग दिनानुदिन बढेदै गइरहेको अवस्थामा हामी राष्ट्रिय कलाकारको खोजिमा निस्केका छोै यस महान अभियानमा बरिष्ठ गायक गायिका रामकृष्ण ढकाल र अन्जु पन्त सहितको हाम्रो टिमले मुर्धन्य कलाकारको खोजि गर्नेछ ।

 

सुन्दर समयमा नेपाल टेलिभिजनबाट प्रशारण हुन लागेको यो कार्यक्रमले नव आगन्तुक कलाकारलाई स्वागत गर्नेछ अन्जु पन्तले भनिन् । कार्यक्रमले निश्चय पनि राम्रो कलाकार जन्माउन सफल हुने र यही प्रयासस्वरुप लागि परेको गायक रामकृष्ण ढकालले बताए ।

 

कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डल, बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, कि इन्टरटेनमेन्टका अध्यक्ष, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लगायत अन्यको उपस्थित रहेको थियो ।

 


थप समाचार

कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

  • 10 minutes ago
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

एजेन्सी । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रम

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको जिम्मा नलिने, प्रधानमन्त्री मोरिसनद्वारा आफ्नै देश फर्किन सुझाव

  • 13 minutes ago
अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको जिम्मा नलिने, प्रधानमन्त्री मोरिसनद्वारा आफ्नै देश फर्किन सुझाव

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्किन सुझाएका छन् । कोरोना भाइरस (कोभिड– १९)को सङ्क्रमणका सम्बन्धमा सरकारको कदमबारे जानकारी दिने उद्देश्यले आयोजना

कोरोना भाइरस नियन्त्रण गर्ने भ्याक्सिन अमेरिकाले बनायो, यसरी गर्नेछ भ्याक्सिनले काम

  • 25 minutes ago
कोरोना भाइरस नियन्त्रण गर्ने भ्याक्सिन अमेरिकाले बनायो, यसरी गर्नेछ  भ्याक्सिनले  काम

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर महासंकट चलिरहेको छ । हालसम्म ५० हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै १० लाखभन्दा बढी मानिसहरु यो भाइरसबाट संक्रमित भएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।