आकर्षक सुविधासहित नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक

Education Park

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा ‘स्प्रिङ अफर योजना’ सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकको सुविधाका लागि अनलिमिटेड प्याकदेखि निःशुल्क डाटा सुविधासम्म आकर्षक सुविधासहितको स्प्रिङ अफर सार्वजनिक गरेको हो । 

 

अफर ३० चैतदेखि ९० दिनसम्मका लागि सञ्चालन गरिने कम्पनीको भनाइ छ । टेलिकमले यसअघि उपलब्ध गराएका विन्टर अफरअन्तर्गतका प्याकेजमा केही सुविधा थप गरी स्प्रिङ अफर ल्याएको जनाएको छ । 

 

भ्वाइस प्याक र डाटामा बोनस

 

अफरअन्तर्गत कम्पनीकै नेटवर्कमा जिएसएम–सिडिएमएका ग्राहकले २० रुपैयाँको प्याक  एक्टिभ गरी असीमित रूपमा १ घन्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा प्रयोग गर्न सक्नेछन् । अफरमा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असीमित भ्वाइस–डाटा–एसएमएस प्रयोग गर्न सकिनेछ । अल टाइम डाटा प्याकअन्तर्गत १२ रुपैयाँदेखि ९ सय ९० रुपैयाँसम्मका प्याक रहेका छन् । यसअन्तर्गत २८ एमबीदेखि १२ जिबीसम्मका प्याकेज खरिद गर्न सकिने बताइएको छ, जुन ४२ दिनसम्मका लागि मान्य हुनेछ । 

 

अफरअन्तर्गतको इकोनोमी प्याकका रूपमा एक दिनका लागि २५ रुपैयाँको १ सय एमबी, ७ दिनका लागि १ सय रुपैयाँको ५ सय एमबी र २८ दिनका लागि ५ सय रुपैयाँको ४५ सय एमबी भोल्युमको इको प्याकसमेत उपलब्ध छ । 

 

त्यस्तै, कम्पनीले डे डाटा प्याक, १ जिबी प्रतिदिन डाटा प्याक, रात्रि डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याकलगायत १४ वटा अफर ल्याएको कम्पनीले जानकारी दिएको छ ।

 

एप डाउनलोड गर्दा निःशुल्क डाटा 

 

कम्पनीको एप ‘नेपाल टेलिकम’ पहिलोपटक डाउनलोड गरी प्रयोग गर्नेका लागि १ सय एमबी जिएसएम डाटा निःशुल्क उपलब्ध गराउने भएको छ । साथै पहिलेदेखि नै विन्टर अफरका रूपमा उपलब्ध विद्यार्थी अफर, इन्डिया कल अफर, सियुजी प्याक, एडिएसएल भोल्युम बेस्ड प्याकेज, एडिएसएल अनलिमिटेड प्याकेज, एफटिटिएच व्यक्तिगत प्याकेज, एफटिटिएच कर्पोरेट युजर प्याकेज, मिस्डकल अलर्ट र एफटिटिएचमा निःशुल्क भ्वाइस सुविधालाई निरन्तरता दिइएको छ ।

 

अफरअन्तर्गतका प्याकेज

 

खरिदका लागि ग्राहकले ८१४१५३ डायल गर्नुपर्नेछ । साथै, कम्पनीको एप ‘नेपाल टेलिकम’बाट तथा कम्पनीको वेबसाइटमार्फत पनि अफरमा सहभागी भई सुविधा उपलब्ध हुनेछ  ।

 

कम्पनीले सञ्चालन गरेका अफर

 

  • एक घन्टा अनलिमिटेड प्याक
  • अल टाइम डाटा प्याक
  • डे डाटा प्याक
  • एक जिबी पर डे डाटा प्याक
  • नाइट डाटा प्याक
  • अनलिमिटेड नाइट डाटा प्याक
  • सोसियल मिडिया प्याक
  • डाटा स्ट्रिमिङ प्याक 
  • अल टाइम भ्वाइस प्याक
  • नाइट टाइम भ्वाइस प्याक
  • अनलिमिटेड नाइट भ्वाइस प्याक
  • डे टाइम भ्वाइस प्याक
  • एसएमएस प्याक
  • एप डाउनलोड गर्दा निःशुल्क डाटा

थप समाचार

मेयरकाे घरमा बम, स्थानीय रातभर आतंकित

  • 1 minute ago
मेयरकाे घरमा बम, स्थानीय रातभर आतंकित

काठमाडौं । प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा विदुर नगरपालिकाका मेयरको निवासमा बम भेटिएको छ । मेयर सञ्जु पण्डितको विदुर–९ स्थित घरमा सोमबार राति प्रेसर कुकर बम भेटिएको हो ।

आन्द्रे रसेलले विश्वकपका बाँकी खेल गुमाउने

  • 14 minutes ago
आन्द्रे रसेलले विश्वकपका बाँकी खेल गुमाउने

काठमाडौँ । वेष्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले विश्वकपका बाँकी खेलहरु गुमाउने भएका छन् । घुँडामा लागको चोटको कारण उनले बाँकी खेलहरु गुमाउने भएका हुन् ।

समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

  • 15 minutes ago
समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

बर्दिबास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवर्द्धन आवश्यक भएको बताएका छन् । आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।