नेपाल टेलिकमलार्इ दाङवासीकाे प्रश्नः नारायणपुरका टेलिफाेन कहिले बन्छन् ?

दाङ । अगष्ट २२ तारिख अर्थात भदौ ६ गते पशुपति विद्याश्रम नारायणपुरका प्रिन्सिपल केशव थापाले श्री नेपाल दुरसञ्चार कार्यालय, नारायणपुरमा बिग्रेका ल्याण्ड लाइन फोन कहिले बन्छन् ? भनेर फेसबुकमा स्टाटस लेखे । थापाले भदौ ६ गते बिहान ९ बजेर १४ मिनेटमा स्टाटस लेखेका हुन् ।

 

थापाले विद्यालयमा रहेको ०८२—५३०२२३ नम्बर करिब डेढ महिनादेखि बिग्रेपछि मर्मतका लागि आग्रह गरे पनि मर्मत नभएपछि स्टाटस लेखेको बताए । पशुपति विद्याश्रम, डोक्रेना चोक आसपासका ल्याण्डलाइन फोनमा समस्या देखा परेको बताए । टेलिफोन बिग्रेको लामो समयसम्म पनि दुरसञ्चार कार्यालयले मर्मत नगरेपछि फेसबुकमा स्टाटस लेख्न परेको बाध्यता सुनाए ।

 

यस्तै सिद्धरत्ननाथमा अध्यापन गराउँदै आएकी सरिता देवकोटाले अगष्ट २३ अर्थात भदौ ७ गते घरको ल्याण्डलाइन बिग्रेको भन्दै मर्मतका लागि आग्रह गर्दा पनि मर्मत नभएपछि फेसबुकमा लेखेको प्रतिक्रिया दिइन् । 

 

घरमा ल्याण्डलाइन फोन बिग्रेपछि देवकोटाले डेढ महिनादेखि फोन गर्न र नेट समेत चलाउन नपाएको बताइन् । दुरसञ्चार कार्यालयको लापरबाहीका कारण नारायणपुर क्षेत्रका ५० बढी ल्याण्डलाइन फोनका ग्राहकहरुले समस्या भोग्नु परेको देवकोटाले बताइन् ।

 

बिग्रेका टेलिफोन मर्मत गर्नका लागि १९८ मा कमेन्ट गरिएको छ । दुरसञ्चारमा समस्या राखिएको छ, कतैबाट सम्बोधन गरिएको छैन । समयमै जानकारी गराउँदा पनि दुरसञ्चारले मर्मत नगरेपछि झनै समस्या भएको थापा र देवकोटाको भनाई रहेको छ । तत्काल टेलिफोन मर्मत गर्न थापा र देवकोटाको भनाई छ ।

 

थापाले टेलिफोन मर्मत नहुँदा विद्यालयमा काम गर्न समस्या भोगेको बताएका छन् भने देवकोटाले टेलिफोन बिग्रेपछि ईन्टरनेट चलाउन नपाएको बताइन् । 

 

पहिले नारायणपुरमै रहेको दुरसञ्चारले मर्मत गरे पनि हाल तुलसीपुरबाट मात्रै मर्मत हुने भएकाले समस्या भएको नारायणपुर क्षेत्रका ग्राहकको भनाई रहेको छ ।

 

यसैबीच नारायणपुर क्षेत्रको टेलिफोन बिग्रेको बारेमा जानकारी लिन खोज्दा दुर सञ्चार कार्यालय तुलसीपुरमा सम्पर्क हुन सकेन । कार्यालयको ०८२—५२००४४ मा फोन गर्दा उठेन । 

 

कार्यालयले जिम्मेवारी बहन नगर्दा नारायणपुर क्षेत्रका ग्राहकले समस्या ब्यहोर्नु परेको छ । देबकोटाले यसका बारेमा दुर सञ्चार कार्यालयका कर्मचारी जानकार भए पनि मर्मतमा चासो नदिएको बताइन् ।

 

‘हात—हातमा मोबाइल, घर—घरमा ईन्टरनेट’ नारालाई सरकारले लगाइरहँदा गरिरहेको समयमा नारायणपुर क्षेत्रका घर तथा कार्यालयमा जडान गरिएका टेलिफोन महिना दिन बितीसक्दा समेत मर्मत नगर्दा कतै त्यही नारालाई गिज्याएको त छैन ? त्यसैले ग्राहकले मर्मतका लागि कमेन्ट गर्दा पनि ध्यान नदिने कार्यालयले सरकारी नारा फेल हुने खतरा देखिएको छ ।


थप समाचार

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 34 minutes ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 40 minutes ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम

खशोग्जी हत्याका टेप सुन्नै नसकिने – ट्रम्प

  • 1 hour ago
खशोग्जी हत्याका टेप सुन्नै नसकिने – ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन् । त्यो श्रव्य सामग्री निकै “पीडादायी र हिंसात्मक” भएको उहाँले बताएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर