IIMS College

ISMT

HUB Education

नेपाल टेलिकमले ल्यायो विभिन्न अफर

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । नेपाल टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महशुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ ।

 

कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्ट कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्छन् ।

 

टेलिकमका अनुसार पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ । हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महशुल दर पनि सोही मितिदेखि लागू हुनेछ ।

 

त्यस्तै ५१२ केबीपीएसको महशुल दर प्रतिमहिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै १ देखि १० एमबीपीएसको प्रतिएमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएसभन्दा माथिको महसुल दरप्रति एमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ, उल्लेखित दरमा थप कर लाग्ने टेलिकमले जनाएको छ ।

 

असोज १ गतेदेखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफर अन्तर्गत अनलिमिटेड डाटा प्याकेज लगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यसअन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्ने छ ।

 

सो अनुसार व्यक्तिगत प्रयोगकर्तालाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाका लागि यही क्षमताको प्याकेज १ हजार रुपैयाँमा उपलब्ध गराइने छ ।

 

त्यसैगरी २ एमबीपीएस गतिसम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यसअनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ ।

 

१ बर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने छ ।

 

वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोंगल सहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १ बर्षका लागि ६ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइने छ । यस अन्तर्गत यूएसबी डोंगल निःशुल्क उपलब्ध गराइने छ ।

 

यसैगरी संविधान दिवसको अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ ।

असोज १ देखि १५ गतेसम्म कर सहित १८ रुपैयाँमा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरे पश्चात ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्कभित्र जति पनि कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने टेलिकमले जनाएको छ ।


थप समाचार

भरतपुर विमानस्थल विस्तारका लागि सेनाकाे गण सार्न चार विकल्प

  • 1 minute ago
भरतपुर विमानस्थल विस्तारका लागि सेनाकाे गण सार्न चार विकल्प

चितवन । भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार ने

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

  • 14 minutes ago
अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेव

७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

  • 20 minutes ago
७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको महासचिव पदमा डा हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतबाट शर्माले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै त्यसलाई कार्यान्वयन गर्न योजना र



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।