नेपालले इरानको सामना गर्ने, नेपाललाई जित्नै पर्ने दबाब

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 6 months ago
  • खेल
फाइल फोटो

काठमाडौं । एएफसी १९ वर्षमुनि (यु–१९) च्यापिम्पयनसिप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज इरानको सामना गर्दैछ । इरानको तेहरानस्थित पिएएस रङ्गशालामा हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ घरेलु टोली इरानको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार राति ८ बजे शुरु हुनेछ । 

 

छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ४–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै इरानले भने आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

 

आज नै हुने अर्को खेलमा युएई र किर्गीस्तान भिड्नेछन् ।  नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा युएई, कीर्गिस्तान र आयोजक इरान छन् । 

 

अङ्क तालिकामा तीन अङ्क जोडेको इरान शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै बनाएको युएई गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । यस्तै नेपाल र किर्गीस्तान भने अङ्कविहीन रहँदै तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार किर्गीस्तानको सामना गर्नेछ । 


थप समाचार

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

  • 1 hour ago
सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ ।

चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

  • 1 hour ago
चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

बनेपा । नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्त

बेलायतमा कोरोनाबाट थप १ भूपू गोरखाको निधन

  • 2 hours ago
बेलायतमा कोरोनाबाट थप १ भूपू गोरखाको निधन

लण्डन । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।